धनुषाको गणेशमान चारनाथ नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
सो कार्यक्रमको बिशिस्ट अतिथीको आसन्न बाट गणेशमान चारनाथ नगरपालिकाको नगर प्रमुख जितनारायाण यादवले भन्ने हरेक मानवको जन्मदाता महिलालाई बराबर अधिकार दिनुपर्नेप्रति जोड दिए । उनले केही दिन भित्रमा मेयर शिक्षा कार्यक्रम नगरभरीमा लागू हुने बताए ।

२०८० मंसिर २५ सोमबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा लैगिँक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम सम्पन्न भएको छ ।
गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख तुलसा पाण्डे पटेलको अध्यक्षता तथा मधेश प्रदेशकी उधोग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न अभियानको क्रममा छोरीहरुलाई अनिवार्य विद्यालय पठाउनेप्रति जोड दिइएको थियो ।
“लैगिँक हिंसा अन्तयको सुनिश्चितता महिला र बालबालिकामा लगानीको एक्यवद्धता” मूल नारासहित विरुद्धको १६ दिने अभियान प्रभावकारी रुपले मनाएको बताईएको छ । महिला माथी हिंसा गर्नेलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता उपमेयर पटेलले गरिन् ।
सो क्रममा मन्त्री यादवले भनिन्, –“हाम्रो तिर महिलाहरु अहिले पनि घुंघट भित्र बुद्धि राखेका छ्न अनि कसरी हिंसा अन्तय हुन्छ सबै महिला लाई हिंसा अन्तय गर्न एकजुट भएर अगाडी बढनु पर्ने आवश्यकता छ ।”
सो कार्यक्रमको बिशिस्ट अतिथीको आसन्न बाट गणेशमान चारनाथ नगरपालिकाको नगर प्रमुख जितनारायाण यादवले भन्ने हरेक मानवको जन्मदाता महिलालाई बराबर अधिकार दिनुपर्नेप्रति जोड दिए । उनले केही दिन भित्रमा मेयर शिक्षा कार्यक्रम नगरभरीमा लागू हुने बताए ।
सो कार्यक्रममा असमान नेपालका कोषाध्यक्ष रेखा यादव ,वडा अध्यक्षहरु ,स्वास्थ संयोजक छेबी मण्डल लगायत महिलाहरुको व्यापक उपस्थिति रहेको थियो ।
कार्यक्रमको सम्बन्य असमान नेपाल गरेका थिए । प्रभात रैलि विभिन्न हिंसा अन्तय र अधिकार नाराहरु समेत लगाएको थिए ।
सो कार्यक्रममा असमान नेपालका कोषाध्यक्ष रेखा यादव ,वडा अध्यक्षहरु ,स्वास्थ संयोजक छेबी मण्डल लगायत महिलाहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…