बालिकामाथि बलात्कार प्रयास गरेका यादवमाथि मुद्दा चलाइयो
बालिकाको सबै वस्त्र हरण गरि बलात्कार प्रयास गरिहेको अवस्थामा स्थानीयहरुले उद्धार गरी बालिकालाई तत्काल कपडाले छोपेर ईज्जत बचाएको थियो । यादवलाई गाउँलेहरुले नै समातेर प्रहरीलाई जिम्मा लगाएको थियो ।

२०८० मंसिर २१ बिहीबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक बालिकामाथि दिनदहाडै बलात्कार गर्न खोज्ने एक युवकलाई जबरजस्ती करणी उद्योगको मुद्दा चलाईएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर २ चोराकोयलपुस्थित गत मँसिर १३ गते बुधबार बिहानै स्थानीय ईन्द्रनारायण यादवका २८ बर्षिय छोरा शशि यादवले स्थानीय एक बालिकालाई पसलमै कपडा च्यातेर बलात्कार गर्न खोजेको आरोपमा उनीमाथि मुद्दा चलाईएको हो ।
बालिकाको मेडिकल गरिएपछि उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाईएको हो । जिल्ला अदालत धनुषाबाट म्याद थप गरी यादवमाथि जबरजस्ती करणी उद्योगको मुद्दा चलाईएको हो ।
युवकलाई छुटाउनको लागि मानसिक स्थिति सुस्त भएको साबित गर्न खोजिएपछि ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक चन्द्रकिशोर साहले सख्ती देखाएपछि योजना विफल भएको हो । ईन्सपेक्टर साहले त्यस्ता जघन्य अपराधिक गतिविधिमा सँलग्नलाई राजनीतिक तबरबाट उन्मुक्ति दिने प्रयास भएपनि आफूले समयभन्दा अगाडी सबै चेकजाँच गराई मुद्दा चलाएको बताए ।
पीडित बालिकाको पक्षबाट जाहेरी परे लगत्तै मेडिकल गराई अदालतको आदेश अनुसार युवकको समेत मानसिक स्थित चेकजाँच गराई समान्य पाएपछि मुद्दा चलाएको उनले बताए ।
मँसिर १३ गते बिहान करिब ८ बजेको समयमा चोरा कोयलपुरस्थित रहेको स्थानीय समशेर मन्सुरको टेलर (सिलाई पसल) मा सँगै गएकी दुई बालिकामाथि बलात्कारको प्रयास गरेका थिए ।
बालिकाको सबै वस्त्र हरण गरि बलात्कार प्रयास गरिहेको अवस्थामा स्थानीयहरुले उद्धार गरी बालिकालाई तत्काल कपडाले छोपेर ईज्जत बचाएको थियो । यादवलाई गाउँलेहरुले नै समातेर प्रहरीलाई जिम्मा लगाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…