स्रोत रिचार्ज नगरिए आउँदो गर्मीमा करिब १० लाख मधेशी जनताले पानी पाउने छैन : साँसद कुशवाहा
मधेशमा पानीको अभावको मूल कारण चुरे विनास रहेको बताउँदै प्रदेश सरकारले चुरे विनास, भावर क्षेत्रमा भईरहेको गिट्टी, बालुवा उत्खननको कारणले मधेशमा बालुवा बसेर पानी सबै भारततर्फ जान थालेपछि पानीको अभाव भएको बताए । उनले प्रदेश सरकारले यसलाई वेवास्ता नगरी समयमै समाधानको बाटो निकाल्नुपर्ने बताए ।

२०८० मंसिर १४ बिहीबार, बिहान ९:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका साँसद ईन्जिनीयर बसन्त कुशवाहाले आउँदो गर्मीयाममा मधेशका लाखौँ नागरिकले पानीको अभाव झेल्नुपर्ने बताएका छन् ।
बुधबार प्रदेश सभामा बोल्दै पूर्व कृषिमन्त्री समेत रहेका साँसद कुशवाहाले जलवायू परिवर्तनको असरले मधेशमा प्रत्येक १० बर्षमा १ डिग्री तापक्रम बढदै गएकोप्रति चिन्ता व्यक्त गर्दै पानीको स्रोतहरु रिचार्जको लागि प्रदेश सरकारले यथाशिघ्र व्यवस्था मिलाउन माग गरे ।
उनले आफूले जलवायू अध्ययन, चुरे, भावर क्षेत्रको अध्ययन, मधेशको उर्वर भूमिको अध्ययनको हिसाबले यसपालीको गर्मीमा करिब ७ लाख मधेशी जनताले पानीको अभाव भोगेको बताउँदै आउँदो गर्मीमा करिब १० लाख मधेशी जनताले पानीको अभाव भोग्ने बताए । उनले त्यस हिसाबले प्रतिव्यक्ति ३ लिटर खाएपनि ३० लाख लिटर पानी दैनिक घर घरमा पुरयाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।
उनले पुर्नवासको नाममा चुरे र भावर क्षेत्रको जँगल काटेर अनाधिकृत रुपमा मान्छेहरु घर बनाउन थालेपछि मधेशमा पानीको अभाव बढदै गएको बताए । उनले यसबर्षकै गर्मी महिनामा चापाकल, स्याले टुबेल, बोरिँग समेत सुकेर खेती समेत समयमा हुन नसकेकोप्रति ध्यानाकर्षण गराए ।
उनले भने, –“यो समस्या पौराणिक कालदेखि चल्दै आएको छ । सोही समस्यालाई मध्यनजर गरी मिथिलाञ्चलका राजा जनकले जनकपुरको विभिन्न ठाउँमा दर्जनौ कुण्ड, पोखरीहरु खन्न लगाए । पोखरीकै कारण जनकपुरमा पानी सँचित भएर पानीको स्रोत रिचार्ज भई जनकपुरवासीले कहिल्यै पानीको अभाव खेप्नु परेन । तर, अहिले सौन्दर्यीकरण, पोखरीमा माटो पुर्न थालेपछि पानीको अभाव भएकै हो । प्रदेश सरकारले ठाउँ ठाउँमा पानी सँचित गर्ने ताल तलैया, पोखरी, बौली खन्न लगाएर पानी सँचित गर्नुपर्ने आवश्यकता छ । र यो यथाशिघ्र एक्सन लिने मुद्दा हो ।”
मधेशमा पानीको अभावको मूल कारण चुरे विनास रहेको बताउँदै प्रदेश सरकारले चुरे विनास, भावर क्षेत्रमा भईरहेको गिट्टी, बालुवा उत्खननको कारणले मधेशमा बालुवा बसेर पानी सबै भारततर्फ जान थालेपछि पानीको अभाव भएको बताए । उनले प्रदेश सरकारले यसलाई वेवास्ता नगरी समयमै समाधानको बाटो निकाल्नुपर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…