'कमला बचाउ अभियान' लाई केन्द्रमा लिएर जान्छुः रवि लामिछाने

२०८० मङ्सिर ११ सोमबार
रति ९:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कमला बचाउ अभियानको मुद्दालाई केन्द्रमा लैजाने जिम्मेवारी आफूमाथि भएको बताएका छन् । 

कमला बचाउ अभियानको पाँचौ वार्षिकोत्सवको अवसरमा धनुषाको बडेर्वा घाटमा आयोजना गरिएको महा–कमला आरतीको क्रममा बोल्दै लामिछानेले कमला बचाउ अभियानको अभियान र उदेश्यप्रति आफू मोहित भएको बताउँदै अभियानलाई केन्द्रसम्म लैजाने जिम्मेवारी आफ्नो भएको बताए । 

धार्मिक ग्रन्थहरुमा कमलालाई “माँ” भनिएकोमा अहिले कमला नदीको अवस्था दयनीय हुँदै गएकोप्रति दुःख प्रकट गर्दै उनले कमला बचाउ अभियानमा आजदेखि आफू पनि सरिक भएको बताए । उनले आफू आजदेखि नै कमला बचाउ अभियानी बनेको थपे । 

उनले भने, –“यो कमला, जसलाई हामी माँ भन्छौँ, फोहोर डँगुरले लतपत छ, संरक्षणको पर्खाईमा छ । यहाँका युवाहरुले उठाएको आवाजमा एक थप आवाज हुनेछ । यस अभियानलाई म र मेरो पार्टीको तर्फबाट केन्द्रसम्म लैजाने छु भनेर तपाईहरु समक्ष प्रतिवद्ध छु । तपाई अभियानीहरुको बीचमा थप एक अभियानी थपिएको, थप एक आवाज बुलन्छ हुनेमा ढुक्क हुनुस् ।”

उनले सो क्रममा कमला नगरपालिका, आयोजक कमला बचाउ अभियान, अभियानका सँयोजक विक्रम यादव, कमला महा आरतीका समन्वयकर्ता बडेर्वा ग्रामवासी र ईन्जिनीयर सतिष गोईत, कमला युवा सँजाललाई धार्मिक मँचबाटै धन्यवाद समेत ज्ञापन गरे ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०८० मङ्सिर ११ सोमबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus