धनुषामा आफ्नै दाईलाई गोरुजस्तै बाँधेर कागजमा औंठाछाप
दीपक कर्ण | जनकपुरधाम, १९ जेठ । धनुषामा आफ्नै दाजुलाई गोरुजस्तै बाँधेर कुटपीट गरि कागजमा जबरजस्ती औंठाछाप गराईएको घटना सार्वजनिक भएको छ । जनकपुर उपमहानगरपालिकाको वडा नम्वर- २१ कुर्था बस्ने रामएकबाल मण्डल,रामकेवल मण्डल र उनका छोराहरु संतोष मण्डल,मनिष मण्डल,ओमकार मण्डल,रवि मण्डल र आनन्द मण्डलले आफ्नै

२०७५ जेठ १९ शनिबार, बेलुकी ६:३७ बजे१ मिनेट पढाइ
दीपक कर्ण |
जनकपुरधाम, १९ जेठ । धनुषामा आफ्नै दाजुलाई गोरुजस्तै बाँधेर कुटपीट गरि कागजमा जबरजस्ती औंठाछाप गराईएको घटना सार्वजनिक भएको छ ।
जनकपुर उपमहानगरपालिकाको वडा नम्वर- २१ कुर्था बस्ने रामएकबाल मण्डल,रामकेवल मण्डल र उनका छोराहरु संतोष मण्डल,मनिष मण्डल,ओमकार मण्डल,रवि मण्डल र आनन्द मण्डलले आफ्नै काका शिवजी मण्डल र काकी शान्ति देवी मण्डल तथा भाउजु अमृता देवी मण्डललाई निर्घात कुटपीट गरि जबरजस्ती औंठाछाप गराएका छन ।
अंशबण्डा सम्वन्धी विवाद हुुदाँ उनी तीनै जना गम्भिर घाइते भएका छन् । उनीहरुको उपचार जनकपुुर अञ्चल अस्पतालमा भईरहेको छ । घाईते मध्ये शिवजी मण्डल र उनका पत्नी शान्ति देवीलाई गम्भीर चोटपटक लागेको छ ।
गम्भीर घाइते भएका शिवजी र उनका भाईहरु रामएकवाल र रामकेवलबिच धैरै पहिले अंशबण्डा सम्बन्धी विवाद भएको थियो ।
पछि शिवजीले मुद्दा जितेर भोगचलन गर्दै आएको जग्गा उनीहरुले जबरजस्ती आफुहरुको नाममा गर्न दवाव दिदैं आएका थिए ।
शिवजीले उनीहरुको कुरा नमानेपछि शनिबार उनीहरु पूरै परिवार मिलेर शिवजीको घरमा गई जबरजस्ती घरबाट निकालेर उनी लगायत उनका पत्नी र बुहारीलाई मरनासन्न हुनेगरि कुटपीट गरेर जबरजस्ती औंठाछाप लगाएको शिवजीका छोरा अनिल मण्डलले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…