जनकनन्दिनीमा दुई दिन र कमला नगरपालिकामा एक दिनसार्वजनिक विदा
कमला नदीमा कमला स्नानको लागि लाखौँको सँख्यामा विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट समेत हजारौँको सँख्यामा आउने गरेका छन् । कमलामा इनरबा घाट र चिकना घाट, सारेश्वरघाटमा अधिक भीड लाग्ने गरेको छ ।

२०८० मंसिर ९ शनिबार, राति ८:०१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका र कमला नगरपालिकामा दुई दिन सार्वजनिक विदा दिने भएको छ ।
धनुषा र सिरहा जोडने ऐतिहासिक कमला नदीमा प्रत्येक बर्ष लाग्ने कार्तिक पूर्णिमा स्नान र देवताहरुको मेलालाई मध्यनगर गर्दै जनकनन्दिनी गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै मँसिर १० गते आईतबार र मँसिर ११ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले सूचना जारी गर्दै ऐतिहासिक कमला स्नान र देवता मेलाको अवसरमा गाउँपालिकावासीहरुको सुविधासहित विभिन्न जिल्ला, स्थानबाट आउने श्रद्धालु भक्तजनहरुको सेवा सत्कारको लागि विदा दिएको बताए ।
जनकनन्दिनी गाउँपालिकाले गत बर्ष पनि दुई दिने विदा दिएको थियो ।
यस्तै, पूर्वी धनुषाकै कमला नगरपालिकाले समेत एक दिन सार्वजनिक विदा दिने बताईएको छ । कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादवले कमला स्नान गर्न विभिन्न जिल्लाबाट कमला नगरपालिका क्षेत्र पर्ने ऐतिहासिक कमला नदीमा आउने भएको हुँदा स्वागत सत्कारको लागि एक दिने सार्वजनिक विदा दिने बताए ।
मेयर यादवका अनुसार, कार्तिक पूर्णिमाको दिन मँसिर ११ गते सोमबार सार्वजनिक विदा हुने भएको हो ।
कमला नदीमा कमला स्नानको लागि लाखौँको सँख्यामा विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट समेत हजारौँको सँख्यामा आउने गरेका छन् । कमलामा इनरबा घाट र चिकना घाट, सारेश्वरघाटमा अधिक भीड लाग्ने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…