TikTok चलाउन VPN र DNS प्रयोग गर्दा मोबाईलबाट महत्वपूर्ण डाटा र बैँक विवरण चोरी बढयोः साईबर ब्यूरो
ब्यूरोले विद्युतीय स्वरूपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्र हत्या गर्ने, सामाजिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्‍भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्र हितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस प्रकारका गतिविधिहरू नगर्न समेत अनुरोध गरेको छ ।

२०८० मंसिर ६ बुधबार, बिहान ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रहरीको साइबर ब्यूरोले प्रविधिको दुरुपयोग नगर्न नगराउन अनुरोध गरेको छ ।
मङ्गलवार एक सूचना जारी गर्दै ब्यूरोले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लागेपछि भीपीएन र डीएनएसको प्रयोग बढेको र मार्फत आर्थिक दुरुपयोगका घटना बढिरहेको दाबी गर्दै यस्तो आग्रह गरेको हो ।
'टिकटक भीपीएन र डीएनएस जस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा छ भन्ने सूचना आएको छ,'ब्यूरोले दाबीका साथ भनेको छ, 'भीपीएन र डीएनएस प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्त्वपूर्ण डेटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरू समेत पहुँच पुर्याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको पाइएको छ ।'
ब्यूरोले विद्युतीय स्वरूपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्र हत्या गर्ने, सामाजिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्र हितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस प्रकारका गतिविधिहरू नगर्न समेत अनुरोध गरेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…