
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट देउसी भैलो खेलेर ईलाम घुम्न गएको बस पहाडबाट तल खस्दा एक जनाको मृत्यू भएको छ भने कैयौँ जना घाईते भएका छन् ।
धनुषाबाट देउसी खेलेर घुम्नको लागि गएको बेला इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
धनुषाबाट युवायुवति बोकेर इलामको कन्याम पुगेको आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका वडा नम्बर ३ कोल्बुङमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक बासुदेव खतिवडाका अनुसार ना ६ ख ८४२४ नम्बरको बस मेची राजमार्गबाट करिब तीन सय मिटर तल झरेको हो । सो क्रममा धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी बस्ने बर्ष १२ को बालक अर्पण लामाको मृत्यू भएको हो ।
बेलुका साढे ५ बजे दुर्घटनामा परेको बसमाा ३७ जना सवार रहेको उनले बताए । बसमा सवार मध्ये ३६ जनाको उद्दार गरी उपचारका लागि विर्तामोड पठाइएको छ ।
बसमा च्यापिएका एक जना बालकको मृत्यू भएको बताईएको छ । ‘बसमा सवार ३६ जनाको उद्दार गरी उपचारका लागि पठाएका छौं,’ उनले भने,‘ केही सामान्य र केही गम्भीर घाइते छन् ।’
यसअघि विभिन्न समाचारमा शैक्षिक भ्रमणको लागि भनिएपनि देउसी भैलो खेलेर ईलाम घुम्न गएको बेला बस दुर्घटनामा परेको हो ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८० मङ्सिर ३ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्