जनकपुरबाट इलाम घुम्न गएका युवायुवति भरेको बस पहाडबाट खस्यो, बालकको मृत्यू, कैयौँ घाईते
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट देउसी भैलो खेलेर ईलाम घुम्न गएको बस पहाडबाट तल खस्दा एक जनाको मृत्यू भएको छ भने कैयौँ जना घाईते भएका छन् । धनुषाबाट देउसी खेलेर घुम्नको लागि गएको बेला इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । धनुषाबाट युवायुवति ब

२०८० मंसिर ३ आइतबार, राति १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट देउसी भैलो खेलेर ईलाम घुम्न गएको बस पहाडबाट तल खस्दा एक जनाको मृत्यू भएको छ भने कैयौँ जना घाईते भएका छन् ।
धनुषाबाट देउसी खेलेर घुम्नको लागि गएको बेला इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
धनुषाबाट युवायुवति बोकेर इलामको कन्याम पुगेको आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका वडा नम्बर ३ कोल्बुङमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक बासुदेव खतिवडाका अनुसार ना ६ ख ८४२४ नम्बरको बस मेची राजमार्गबाट करिब तीन सय मिटर तल झरेको हो । सो क्रममा धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी बस्ने बर्ष १२ को बालक अर्पण लामाको मृत्यू भएको हो ।
बेलुका साढे ५ बजे दुर्घटनामा परेको बसमाा ३७ जना सवार रहेको उनले बताए । बसमा सवार मध्ये ३६ जनाको उद्दार गरी उपचारका लागि विर्तामोड पठाइएको छ ।
बसमा च्यापिएका एक जना बालकको मृत्यू भएको बताईएको छ । ‘बसमा सवार ३६ जनाको उद्दार गरी उपचारका लागि पठाएका छौं,’ उनले भने,‘ केही सामान्य र केही गम्भीर घाइते छन् ।’
यसअघि विभिन्न समाचारमा शैक्षिक भ्रमणको लागि भनिएपनि देउसी भैलो खेलेर ईलाम घुम्न गएको बेला बस दुर्घटनामा परेको हो ।
.jpg)
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…