काठ तस्करीमा पक्राउ परेका तस्कर हिरासत छल्न विरामीको बहाना
वन कर्मचारीले उपचारमा रहेको भने पनि सःमिल संचालक साह अहिले आफ्नै घरमा रहेको उनका एक आफन्तले बताए। सूचना दिने साहका आफन्तले तत्काल रकमको चलखेल गरि बिरामीको वहानामा घर पठाइएको श्रोतको दाबी छ । साहको कहाँ उपचार भईरहेको छ भन्ने कुरा वन कर्मचारी र जि

२०८० कार्तिक २९ बुधबार, बिहान १०:३१ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । काठ तस्करीको आरोपमा पक्राउ परेका सिरहा गोलबजारका व्यसायी हिरासत छल्न विरामीको वाहानामा घर बसेका छन्।
सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ स्थित रहेको गौरव सःमिलका सँचालका तस्कर श्याम साह प्रहरीको हिरासत छल्नको लागि विरामीको बहाना बनाएर घर बसेका छन् । उनलाई लाहान वन डिभिजन कार्यालय लहानका वन डिविजन प्रमुख सुजित कुमार झा र वन अनुसन्धान अधिकृत देबेन्द्र पासवानले सहयोग गरेको आरोप छ ।
साहलाई हिरासत छल्न विरामीको वाहानामा बनाएर पर्व अवधिभरलाई आफन्तको जिम्मा लगाइएको हो।
गत शनिवार १८ गते ठूलो परीमानमा प्रतिवन्धित करम जातको करिव दुईसय ५० क्यूविक फिट काठ सहित पक्राउ परेका साहलाई विरामी परेपछि शनिबार उपचारको लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याएका थिए।
अस्पतालमा पुर्याएका उनलाई सामान्य रहेको प्रादेशिक अस्पतालका डाक्टर प्रभा रौनियार बताउँछन । उनी रातिको १२ः३० बजे अस्पताल लागे डाक्टरले चेकजाँच गर्दा सामान्य थियो , उनलाई बिहान १०ः३० बजे पुन अस्पताल आउन भने उनी बिहान अस्पताल आउँदा सबै ठिक थियो तर उनी काठ तस्कर श्याम साह जबर्जस्ति म ठुला अस्पताल जान्छु भन्दै गए तर उनी ठुला अस्पताल नगएर दिवालिमा घरमा बसे तस्करलाई घरमा बस्नलाई साथ र सहयोग सोहि वन डिभिजन कार्यालयका प्रमुख (डिएफओ) सुजित कुमार झा र अनुसन्धान अधिकृत देबेन्द्र पासवानले व्यवस्था मिलाएको हो ।
उपचारका लागि साहको आफन्त पर्ने प्रादेशिक अस्पतालका ल्याव असिस्टेन्ट कृष्णा गुप्ताको जिम्मा लगाएको डिभिजन वन कार्यालय लहानका वन कर्मचारी तथा यस घटनाका अनुसन्धान अधिकृत देवेन्द्र पासवानले जानकारी दिए।
उनले भने, ‘उनी विरामी परेकाले उचारको लागि अस्पताल लगेका थियौं, अस्पतालका कर्मचारी उनको आफन्तसमेत रहेकाले उनकै जिम्मामा उपचार भईरहेको छ।’
वन कर्मचारीले उपचारमा रहेको भने पनि सःमिल संचालक साह अहिले आफ्नै घरमा रहेको उनका एक आफन्तले बताए। सूचना दिने साहका आफन्तले तत्काल रकमको चलखेल गरि बिरामीको वहानामा घर पठाइएको श्रोतको दाबी छ ।
साहको कहाँ उपचार भईरहेको छ भन्ने कुरा वन कर्मचारी र जिम्मा लिएका सहलाई समेत जानकारी छैन। वन कर्मचारीले उनका आफन्तलाई उपचारको लागि जिम्मा लगाएको बताए पनि जिम्मा लिएका उनका आफन्त कृष्णा गुप्तालाई सःमिल संचालक कहाँछन् भन्ने जानकारी छैन्।
यता, डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित झाले भने उनी विरामी भएकोले उपचारका लागि अस्पताल पठाइएको हो भन्ने मात्र मलाई जानकारी छ । “म लाहानमा छैन , काठमाडौ आएको छु अहिले त्यहाँ अनुसन्धान अधिकृत देबेन्द्र पासवानले हेर्छन् छुटेको कागजमा अनुसन्धान अधिकृतकै सहि होला”– उनले भने ।
उनी विरामी पनि भएका र चाडपर्वपनि भएकोले मानविय नाताले उनको आफन्तको जिम्मा लगाएको हो । जिम्मा लिएका गुप्ताले शुक्रवारको दिन पुनः वन कार्यालयलाई बुझाउनेगरी आफूले जिम्मा लिएको बताए।
वन कर्मचारीको बाझिएको भनाई र आफन्तले धरौटीमा छोडेको भन्ने विषयले आर्थिक चलखेलको आशँका गरिएको छ ।
वनकै एक कर्मचारीले अनुसन्धानको काम नै नसकिएकोले अहिले धरौटीमा छाड्ने सवाल नै नभएको बताए। उनी बिरामीको नाटक देखाएर घरमा बसेका छन् । यता, काठ तस्कर श्याम साहका एक आफन्तले उनी घर आएसी समाजिक संजालमा ब्याक भनी पोस्ट गरेको देखिन्छ ।
साहलाई शनिवार १८ गते उनकै सःमिलबाट प्रतिवन्धित करमजातको काठ सहित पक्राउ गरेको थियो।
यता, वन डिविजन कार्यालय लहानले सो डिएफओमाथि लगाएको आरोपलाई खण्डन गर्दै त्यस्तो केही नरहेको बताएको छ । समाजिक सँजालमा एक विज्ञप्ति जारी गर्दै कार्यालयले आरोपितलाई कारवाही हुने जनाएको हो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…