जनकपुरमा धुमधामका साथ मनाईयो हनुमान जयन्ती
हनुमान जयन्तीको अवसरमा परिषदले रेल्वे स्टेशनबाट शोभा यात्रा निकाली नगर परिक्रमा समेत गरेको छ । परिषदका अध्यक्ष शम्भु साहले हिन्दु धर्माबलम्बीहरु पर्व यमपञ्चकका बिच हनुमान जयन्ती पर्ने भएकाले ओझेलमा परिरहेको समयमा आफूहरु भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागेको बताए । उनका अनुसार विगत १३ वर्षदेखि परिषदले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आईरहेको छ ।

२०८० कार्तिक २६ आइतबार, बिहान ७:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा धुमधामका साथ हनुमान जयन्ती मनाइएको छ ।
हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषदले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजन किर्तन लगायतको कार्यक्रम गरेको छ ।
हनुमान जयन्तीको अवसरमा परिषदले रेल्वे स्टेशनबाट शोभा यात्रा निकाली नगर परिक्रमा समेत गरेको छ । परिषदका अध्यक्ष शम्भु साहले हिन्दु धर्माबलम्बीहरु पर्व यमपञ्चकका बिच हनुमान जयन्ती पर्ने भएकाले ओझेलमा परिरहेको समयमा आफूहरु भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागेको बताए । उनका अनुसार विगत १३ वर्षदेखि परिषदले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आईरहेको छ ।
शोभा यात्रामा सयौंको संख्यामा हिन्दू धर्मावलम्बिसहित विभिन्न हिन्दूवादी संघ संस्थाका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
सो क्रममा हिन्दु सम्राट सेनाका सदस्य जमुना साहले रैली व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…