जसपाबाट सँजिला बनिन् साँसद 

२०८० कार्तिक २५ शनिबार
बिहान ०८:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशकी सांसद विन्दुकुमारी यादवको निधनपछि उनको ठाउँमा जनता समाजवादी पार्टीबाट संजिला कुमारी यादव चयन भएकी छन् ।

समानुपातिकतर्फ उनलाई पार्टीको सिफारिसमा निर्वाचन आयोगले सांसदको रुपमा चयन गरिएको जनाएको छ । समाजवादी महिला संघ, मधेश प्रदेश समितिका अध्यक्ष रहेकी संजिलालाई केही दिनअघि विन्दु यादवको रिक्त रहेको स्थानमा पठाउने निर्णय गरिएको थियो । 

नेपाल सरकारको राजपत्रमा निर्वाचन आयोगले जारी गरेको सूचनामा मधेश प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ जसपा नेपालको तर्फबाट मधेशी समावेशी समूह अन्तर्गत निर्वाचित विन्दुकुमारी यादवको निधन भइ रिक्त रहेको ठाउँमा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रदेश सभा सदस्य नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम संजिला यादवलाई निर्वाचित भएको भनिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आरती साह मृत्यू प्रकरणमा श्रीमानलाई थुनामा पठाउने अदालतको आदेश 

  • २०८० कार्तिक २५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । विगत ५ महिनादेखि धर्नामा बस्दै आएकी आरती साह मृत्यू प्रकरणमा आरती साहका श्रीमानलाई थुनामा पठाउन आदेश अदालतले दिएको छ ।  सर्वोच्च अदालतले जनकपुरकी आरती साह मृत्यु प्रकरणमा

पूरा पढ्नुहोस्

Bureau Menus