गरिब विपन्नको लागि १२ वटा घर बनाउँदै
आईतबार सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ५ चिकनाको मुसहर वस्तीमा प्रदेश सरकारबाट सँचालित जनता आवास कार्यक्रम अन्तर्गत जनमत पार्टीबाट साँसद भाग्यश्री चौधरीको विशेष पहलमा १२ वटा घर निर्माण गर्न लागिएको हो ।

२०८० कार्तिक २० सोमबार, राति ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीका अध्यक्ष एवम् साँसद डा. सिके राउतले गरिब विपन्नको लागि जनता आवासबाट १२ वटा घर निर्माण गर्न शिलान्यास गरेका छन् ।
आईतबार सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ५ चिकनाको मुसहर वस्तीमा प्रदेश सरकारबाट सँचालित जनता आवास कार्यक्रम अन्तर्गत जनमत पार्टीबाट साँसद भाग्यश्री चौधरीको विशेष पहलमा १२ वटा घर निर्माण गर्न लागिएको हो ।
एक कार्यक्रमबीच अध्यक्ष राउत र प्रदेश साँसद चौधरीले सँयुक्त रुपमा सो जनता आवासको शिलान्यास गरे । घर निर्माण गरी आगामी तीन महिनाभित्रै आवश्यक परिवारलाई हस्तान्तर गरिने जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…