TikTok कम्पनी र सरकारबीच छलफल, खराब कन्टेन्ट आफैँ हट्ने , छपरी गैँगलाई टेन्सन !
टिकटक लगायतका सामाजिक सञ्जालको मर्यादित र कानुनसम्मत प्रयोगले नयाँ कुराहरु जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्‍याउने भन्दै गृह मन्त्रालयले गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पर्ने, व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्नेतर्फ सचेत गराएको छ ।

२०८० कार्तिक १९ आइतबार, बेलुकी ७:२० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँजालमध्ये टिकटक प्लेटफर्म मार्फत असुरक्षा र साईबर सुरक्षाको समेत चुनौति बढेपछि सरकारले टिकटोकमाथि कडा निगरानी थालेको छ ।
सरकारले समाजिक सँजालमध्येको टिकटक एपका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग छलफल गरेको हो । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ ।
टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको गृह मन्त्रालयले जनाएको छ । दोषीउपर कानुन बमोजिम कारवाही गर्न नेपाल प्रहरीको साइवर व्युरो लगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबीच सहकार्य बढाउने सहमति पनि भएको छ ।
छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन सहज हुने भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘अतः जिम्मेवार नागरिकको रुपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेवापत हुने कानूनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ’, गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
टिकटकका प्रतिनिधिहरुसँग गृह मन्त्रालयमा भएको बैठकमा गृह मन्त्रालयसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकायका प्रतिनिधिहरु सहभागी थिए ।
टिकटक लगायतका सामाजिक सञ्जालको मर्यादित र कानुनसम्मत प्रयोगले नयाँ कुराहरु जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्याउने भन्दै गृह मन्त्रालयले गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पर्ने, व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्नेतर्फ सचेत गराएको छ ।
नेपालमा ९५ प्रतिशत बढी प्रयोगकर्ताहरु समाजिकतालाई बहिष्कार गरी भिडियो कन्टेन्टहरु बनाउने गरेको देखिएको छ । अध्ययन, अध्ययापन छाडेर, करियर छाडेर दिनभरी टिकटक लाईभमै बसेर भिख माग्ने छपरी गैँगहरुलाई सरकारको निर्णयपछि तनाव हुने भएको छ ।
समाजिक सँजाललाई कुरुप बनाएका छपरी गैँगहरुको कन्टेन्टमा अब टिकटोकले आफैँ हटाउने भएपछि उनीहरुको करियर समेत क्षय हुने देखिएको छ । समाजिकहित विपरितको कन्टेन्टहरुमा रिपोर्ट गरेपछि अब टिकटोकले आफैँ भिडियो हटाउने भएको छ ।
खास गरी नेपालमा किशोर, किशोरी सहित वश्यकसम्म टिकटकमा बस्ने गरेको देखिएको छ । टिकटकमा अनलाईन भिख मागेर गुजारा गर्नेको सँख्या अधिक छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…