धनुषा प्रहरीले गरे ८ सय लिटर अबैद्य घरेलु मदिरा नष्ट
विनय कुमार यादव | जनकपुरधाम, १८ जेठ । धनुषा प्रहरीले भारी मात्रामा अबैद्य घरेलु मदिरा नष्ट गरेको छ । धनुषाको हँसपुर नगरपालिका वडा नं. २ बघचौडामा अबैद्य घरेलु मदिरा विक्री वितरण गरिरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटि गएको प्रहरी टोलीले करिब ८ सय लिटर बराबरको अबैद्य मदिरा

२०७५ जेठ १८ शुक्रबार, राति ८:१७ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, १८ जेठ । धनुषा प्रहरीले भारी मात्रामा अबैद्य घरेलु मदिरा नष्ट गरेको छ ।
धनुषाको हँसपुर नगरपालिका वडा नं. २ बघचौडामा अबैद्य घरेलु मदिरा विक्री वितरण गरिरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटि गएको प्रहरी टोलीले करिब ८ सय लिटर बराबरको अबैद्य मदिरा नष्ट गरेको हो ।
स्थानीय बिन्देश्बर चौधरी‚ प्रमोद चौधरी‚ शत्तु चौधरी र हिरालाल चौधरीको घरमा अबैध घरेलु मदिरा उत्पादन गरी बिक्रि बितरण गरीरहेको भन्ने सुचना को आधारमा प्रहरी नीरिक्षक प्रकाश दाहालको कमाण्डमा गएको प्रहरी टोलीले करिब २ हजार लिटर बराबरको कच्चा पदार्थ समेत नष्ट गरिएको जनाइएको छ ।
उक्त अबैद्य वस्तु स्थानीय बुद्धिजीवी, युवा, वडाध्यक्ष, सँचारकर्मीको रोहबरमा नष्ट गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…