कालिकामाईमा 'राष्ट्र निर्माणमा युवाको भूमिका' उपर वक्तृत्वकला
कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख अतिथि कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता विशिष्ट अतिथि कालिका टाइम्सको प्रबन्ध निर्देशक छठु साह र प्रमुख प्रशासकीय अधिकृत नमोनाथ प्रसाद यादव,निर्णायक मण्डलमा विषय विज्ञ सशिभुषण मुखीया,कन्हाई मुखीया र बिशाल यादव रहेका थिए ।

२०८० कार्तिक १८ शनिबार, बिहान ७:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्साको कालिकामाई गाउँपालिकामा शुक्रबार “राष्ट्र निर्माणमा युवाको भुमिका” बिषयक वक्तृत्वकाला प्रतियोगिता सम्पन्न भएको छ ।
कालिकामाई गाउँपालिकाको सहयोग र कालिकामाई युवा समाजको आयोजनामा भएको प्रतियोगिता सम्पन्न भएको हो ।
दिव्य कन्या माद्यमिक विद्यालय बिरन्चीबर्वामा भएको प्रतियोगितामा जनता मावि मुडलीका रुकशाना खातुन प्रथम, श्री सुकई साह मावि भेडिहारीका राज चौरसिया द्वितिय र कन्या मावि बिरन्चीबर्वाकी राधिया कुमारी तृतिय भएका हुन् ।
प्रतियोगितामा सन्तावना पुरस्कार नेरा मावि कट्टी बलुवाकी निलम कुमारी र पाँचौं पुरस्कार कालिका कन्या आधारभूत विद्यालयलाई प्रदान गरिएको युवा समाजका कोषाध्यक्ष बुलेट तिवारीले जानकारी दिए । ।
कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख अतिथि कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता विशिष्ट अतिथि कालिका टाइम्सको प्रबन्ध निर्देशक छठु साह र प्रमुख प्रशासकीय अधिकृत नमोनाथ प्रसाद यादव,निर्णायक मण्डलमा विषय विज्ञ सशिभुषण मुखीया,कन्हाई मुखीया र बिशाल यादव रहेका थिए ।
कार्यक्रमका अध्यक्षता गरेका कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसियाले आफूहरु सधैं सकारात्मक परिवर्तनका लागि युवा शक्तिलाई एकीकृत गरी अगी बढ्ने र विद्यार्थीहरुलाई आइपर्ने हरेक समस्यमा कालिकामाई युवा समाज अग्र पङ्तीमा रही साथ दिने बताए ।
कार्यक्रममा कालिकामाई युवा समाज वरिष्ट उपाध्यक्ष आकाश महतो केवट,उपाध्यक्ष भारत साह तेली, महा ससचिव बिशाल कुशवाहा,सचिव विकाश पटेल ,सदस्यहरू रमेश प्रसाद चौरसिया,राकेश सारार्फ,दिव्य कन्या माविका प्रधानाध्यापक रामयतन प्रसाद, शिक्षक सुवोध चौरसिया, इन्द्रदेव कुर्मी, रामबिश्वास चौरसिया लगायत विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरूको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन दिव्य कन्या माविका शिक्षक आदित्य शर्माले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…