लोसपाको जिल्ला अध्यक्षमा झा
धनौजी गाउँपालिकाको अध्यक्षको प्रत्याशी उमेदवार समेत हुन । उनले पार्टीको लागि गरेको कामहरु को मुल्यांकनको आधार मानेर अध्यक्ष पदको जिम्मेवारी दिएको छ। यसअघि जिल्ला सचिवको रुपमा कार्यभार सम्हाल्दै आएका झाको कार्य सम्पादन, सँस्थाप्रतिको लगावको हिसाबले अध्यक्षको जिम्मेवारी तोकिएको जनाइएको छ । गत चुनावमा उनले धनौजी गाउँपालिकाको अध्यक्ष पदको लागि केही मतान्तरले मात्र पराजित भएका थिए ।

२०८० कार्तिक १८ शनिबार, बिहान ६:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल धनुषा जिल्ला अध्यक्षको जिम्मेवारी जिवेन्द्र झालाई दिइएको छ । सो पार्टीले आज उनलाई जिल्ला अध्यक्षमा मनोनित गरेको हो ।
पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले झालाई पार्टीको अन्तरिम विधानको दफा १६ को उपदफा १ (ञ) अनुसार जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् ।
धनौजी गाउँपालिकाको अध्यक्षको प्रत्याशी उमेदवार समेत हुन । उनले पार्टीको लागि गरेको कामहरु को मुल्यांकनको आधार मानेर अध्यक्ष पदको जिम्मेवारी दिएको छ।
यसअघि जिल्ला सचिवको रुपमा कार्यभार सम्हाल्दै आएका झाको कार्य सम्पादन, सँस्थाप्रतिको लगावको हिसाबले अध्यक्षको जिम्मेवारी तोकिएको जनाइएको छ ।
गत चुनावमा उनले धनौजी गाउँपालिकाको अध्यक्ष पदको लागि केही मतान्तरले मात्र पराजित भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…