जनकपुरमा सम्पन्न महिला ह्याण्डबलको उपाधी सशस्त्र प्रहरीलाई
न्यूज ब्यूरो | जनकपुरधाम, १८ जेठ । जनकपुरमा सम्पन्न प्रमथ मिनि गिरी महिला राष्ट्रिय ह्यान्डबलको उपाधि विभागिय सशस्त्र प्रहरीले उचालेको छ । धनुषा ह्यान्डबल संघको आयोजनामा शुक्रबार सम्पन्न फाइनल खेलमा आर्मीलाई सशस्त्र प्रहरीले २१–१४ गोल अन्तरले पराजित गरेको हो । प्रमथ मिनि गिरी महिला खुल्ला राष्ट्रिय

२०७५ जेठ १८ शुक्रबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १८ जेठ । जनकपुरमा सम्पन्न प्रमथ मिनि गिरी महिला राष्ट्रिय ह्यान्डबलको उपाधि विभागिय सशस्त्र प्रहरीले उचालेको छ ।
धनुषा ह्यान्डबल संघको आयोजनामा शुक्रबार सम्पन्न फाइनल खेलमा आर्मीलाई सशस्त्र प्रहरीले २१–१४ गोल अन्तरले पराजित गरेको हो ।
प्रमथ मिनि गिरी महिला खुल्ला राष्ट्रिय ह्याण्डबलको उपाधि विजेता सशस्त्र प्रहरीले नगद ५१ हजार,मेडल र कप प्राप्त गरे । उपाधि विजेता सशस्त्र प्रहरी क्लबलाई समाजसेवी अनुराग गिरीले पुरस्कार र कप हस्तान्तरण गरेका थिए ।
उप विजेता त्रिभुवन आर्मीले नगद ३१ हजार र कप प्राप्त गरे । प्रतीयोगिताको उत्कृष्ट गोल रक्षक सशस्त्र प्रहरीका संगिता चौधरी र उत्कृष्ट खेलाडी सशसत्रकै साधना बम चुनिए ।
दुवै जना नगद ५ हजार १ सय र मेडल प्राप्त गरे । प्रतियोगितामा ५ विकास क्षेत्रबाट ५, विभागिय टोली २ र आयोजक जनकपुर सहित ८ टिमको सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…