
न्यूज ब्यूरो, जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सञ्जिला कुमारी यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो ।
बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य प्रकाश अधिकारले जानकारी दिए ।
बैठकमा संसदमा रहेको बिभिन्न बिधेयकहरुमाथि पनि छलफल भएको उनले जानकारी दिए ।
नेपालको NCELL विक्रीमा, नेपालबाट बाहिरिने निर्णय !
- २०८० कार्तिक १४ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हादले नेपालबाट बाहिरिने निर्णय गरेको छ । व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो । यससँगै कम्पनीले आफ्नो ८० प्रतिशत
पूरा पढ्नुहोस्