समाजका किशोरकिशोरीहरुलाई लागुऔषधको लत्तबाट छुटकाराको योजना ल्याउनुपर्छः तरुण दल सिरहा
नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुणदल जिल्ला कार्यसमिति सिरहाको आयोजना राखिएको चियापान कार्यक्रममा राम सगुन यादव, कौशल मण्डल, सकलदेब यादव, शेखर यादव, कपिलदेब साह,जितेन्द्र यादव,बिनय यादव लगायत नेपाल तरुणदल सिरहा नेपाली कांग्रेसका दर्जनौँको संख्यामा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

२०८० कार्तिक १२ आइतबार, बिहान ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । समाजमा किशोरकिशोरी उमेरका जेनेरेशनले लागुऔषधको दलदलमा फँस्दै गएको भन्दै छुटकाराको लागि नयाँ नीतिको आवश्यकता औल्याईएको छ ।
नेपाल तरुण दलको ७१ औं स्थापना दिवसको अवसरमा दिपावली तथा छ्ठ पर्व २०८० को उपलक्ष्यमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा नेपाल तरुणदल सिरहा समाज सुधारको लागि समाजिक भन्दा कानुनी नीतिको आवश्यकता रहेको बताएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति एवंम सम्बिधान सभ सदस्य तथा युवा नेता रामचन्द्र यादवको प्रमुख अतिथिमा नेपाल तरुण दलको ७१ औं स्थापना दिवसको अवसरमा गरिएको चियापान कार्यक्रममा वक्ताहरुले कलिला उमेरका बालबालिकाहरु प्रविधिको लत्तमा समेत फँस्दै गईरहेकोप्रति दुःख व्यक्त गरे ।
कार्यक्रममा सिरहा नेपाली कांग्रेसका बिषयमा तथा अहिलेको समयमा कलिलो उमेरको केटाकेटीहरु लागू औषधमा लागेकोलाई त्यसबाट कसरी छुटकारा पाउने तर्फको चेतनामूलक कार्यक्रमहरु ठाउँ ठाउँमा गर्नुपर्नेप्रति जोड दिए ।
नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुणदल जिल्ला कार्यसमिति सिरहाको आयोजना राखिएको चियापान कार्यक्रममा राम सगुन यादव, कौशल मण्डल, सकलदेब यादव, शेखर यादव, कपिलदेब साह,जितेन्द्र यादव,बिनय यादव, नेपाल तरुण दलका जिल्ला सभापति अरबिन्द कुमार मण्डल लगायत नेपाल तरुणदल सिरहा नेपाली कांग्रेसका दर्जनौँको संख्यामा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…