जनकपुरः धान खेतमा युवकको लास, हत्याको आशंका
घटनास्थलको प्रकृतिले युवकको हत्या भएको आशंका छ। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहितको टोली ल्याइएको छ,’ डिएसपी आवाले भने। घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी आवाले बताए।

२०८० कार्तिक ९ बिहीबार, राति ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक युवकको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।
युवकको पहिचान खुल्न सकेको छैन। युवकको शरीरमा रगतको टाटा देखिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन आवाले जानकारी दिए।
‘घटनास्थलको प्रकृतिले युवकको हत्या भएको आशंका छ। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहितको टोली ल्याइएको छ,’ डिएसपी आवाले भने।
घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी आवाले बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…