'हिन्दु सम्राट सेना बलियो बन्दैछ'
झिझियाको नाममा भएको विकृति, दशैँ, दिपावली, सामा चकेवा, छठ जस्ता पर्वहरुमा समेत अश्लिलता देखिएको स्वीकार गर्दै उनले सँगठनको मजबुति पहिलो प्राथमिकतामा राखी दोस्रो चरणमै यसलाई निराकरणको लागि अग्रसर हुने बताए ।

२०८० कार्तिक ५ आइतबार, दिउँसो ४:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु सम्राट सेना सँगठनका सदस्य जमुना साहले सँगठन मजबुत बन्दै गएको बताएका छन् ।
धर्म सँस्कृतिमाथि निरन्तर प्रहार भईरहँदा हिन्दु सम्राट सेनाको भूमिकाको सन्दर्भमा कुराकानी गर्दै उनले हिन्दु सम्राट सेना अहिले बलियो भईरहेको र केही दिनमै यस्ता गतिविधिमाथि निगरानी बढाउने बताएका छन् ।
साहले हिन्दु सम्राट सेना मधेश प्रदेशको ८ वटै जिल्लासहित तराईको २२ वटै जिल्लामा प्रथम चरणमा सँगठन मजबुत बनाउने योजना रहेको बताए । उनले हिन्दु सम्राट सेनाले आफ्नो उदेश्य बमोजिम निरन्तर कार्य गरिरहेको बताएका छन् ।
समुदायिक झै झगडामा मात्र उपस्थिति जनाउने हिन्दु सम्राट सेना नामक सँगठनका सदस्यहरुले हिन्दु धर्म सँस्कृतिमाथि भईरहेको निरन्तर प्रहार, अश्लिलता रोक्न कुनै पहल वा भूमिका नखेलेको सन्दर्भमा कुराकानी गर्दै सदस्य साहले सँगठन मजबुत भए लगत्तै यसप्रति आक्रमक निगरानी गरिने बताए ।
झिझियाको नाममा भएको विकृति, दशैँ, दिपावली, सामा चकेवा, छठ जस्ता पर्वहरुमा समेत अश्लिलता देखिएको स्वीकार गर्दै उनले सँगठनको मजबुति पहिलो प्राथमिकतामा राखी दोस्रो चरणमै यसलाई निराकरणको लागि अग्रसर हुने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…