धनुषा र सिरहा जोडने कमला नदीमा १५०१ मिटरको झोलुँगे पूल तीव्र गतिमा बन्दै
पूर्वपश्चिम हुलाकी मार्गदेखि केही दुरीमा बन्न लागेको सो झोलुँगे पूल निर्माण भएपछि आवतजवातमा सहज हुने भएको छ । झोलुँगे पूल निर्माण भएपछि जनकनन्दिनी गाउँपालिकालाई प्रत्यक्ष फाईदा हुने भएको छ । सो पूलको निर्माणपछि भारतीय पर्यटकसहित आन्तरिक पयर्टकको समेत भित्रिने विश्वास गरिएको छ ।

२०८० असोज २९ सोमबार, बिहान ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जिल्ला जोडने कमला नदीमा डेढ किलोमिटर लामो झोलुँगे पूलको निर्माण कार्य तीव्र गतिमा भईरहेको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ६ कठाल गाउँभन्दा पूर्व कमला तटमा निर्माणधीन रहेको सो झोलुँगे पूलको तीव्र गतिमा निर्माण जारी रहेको छ ।
करिब २८ करोडको लगानीमा निर्माण हुन लागेको झोलुँगे पूल १५०१ मिटर लामो बन्ने भएको हो । सपना उमा थानी जेभी कन्सट्रक्सन कम्पनीको ठेक्कामा निर्माण हुन लागेको कमला झोलुँगे पूल आगामी बर्ष असार महिनासम्म सुचारु भईसक्ने भोलेन्टीयर ईन्जिनीयर विनोद कुमार मण्डलले जानकारी दिए ।

सरकारले ३४ करोड रुपैयाँ बजेट दिएकोमा १८ प्रतिशत तल गरी सपना उमा थानी जेभी कम्पनीले ठेक्का पाएको हो । सो रकममा स्टील रोप (स्टीको डोरी लठ्ठा) भने अतिरिक्त हुने जनाईएको छ ।
निर्माण हुन लागेको सो झोलुँगे पूलमा एकै पटक २५०० जना मानिस चढन सक्ने क्षमताको हुनेछ । १० वटा पिल्लर रहेको झोलुँगे पुल सिरहा तर्फबाट सिरहा नगरपालिका वडा नं. १३ मल्हनीयाँ गम्हरियासम्म रहेको छ ।
यही असोज महिनादेखि सुरु भएको झोलुँगे पूलको काम आउँदो वि.सं. २०८१ असार मसान्तभित्र सँचालनमा ल्याउने तयारी कम्पनीको रहेको छ । यही बर्षको पुस मसान्तमा कामको गति मापन गर्ने भएको छ ।

पूर्वपश्चिम हुलाकी मार्गदेखि केही दुरीमा बन्न लागेको सो झोलुँगे पूल निर्माण भएपछि आवतजवातमा सहज हुने भएको छ । झोलुँगे पूल निर्माण भएपछि जनकनन्दिनी गाउँपालिकालाई प्रत्यक्ष फाईदा हुने भएको छ । सो पूलको निर्माणपछि भारतीय पर्यटकसहित आन्तरिक पयर्टकको समेत भित्रिने विश्वास गरिएको छ ।
हुलाकी सडकको बहुप्रतिक्षित पूल सँचालन हुनुभन्दा अघि नै भत्किएपछि झोलुँगे पूल उत्तम विकल्पको रुपमा साबित हुने छ । सो पूलमा ४२ जना प्राविधिक र कामदारहरु दिनरात काम गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…