धनुषाः पूलबाट हामफालेपछि सेना जवानको मृत्यू
अन्य दर्जामा रहेका विक्रम सिँह बोहरा नामक सैनिक जवानको मृत्यू भएको हो । धनुषाको धारापानीस्थित रहेको स्कूल टोल ब्यारेकका जवान बोहराले बिहानै पुलबाट हाम फालेको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।

२०८० असोज २८ आइतबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र महोत्तरी जोडने रातू पूलबाट हाम फाल्दा एक सैनिक जवानको मृत्यू भएको छ ।
आईतबार बिहान धनुषाको लालगढ र महोत्तरीको बर्दिवासको बीचमा रहेको रातु खोलको पुलबाट हाम फाल्दा मृत्यू भएको हो ।
अन्य दर्जामा रहेका विक्रम सिँह बोहरा नामक सैनिक जवानको मृत्यू भएको हो । धनुषाको धारापानीस्थित रहेको स्कूल टोल ब्यारेकका जवान बोहराले बिहानै पुलबाट हाम फालेको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।
अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ भने घटनाको बारेमा अनुसन्धान भईरहेको छ । बोहरा धारापानी स्कूल टोल ब्यारेकबाट धनुषा महोत्तरीको रातु पुल नजिक किन गएको बारे प्रष्ट भएको छैनन् ।
उनी बैतडी जिल्लाको रहेको परिचय पत्रमा उल्लेख छ । उनीसँगै उनको परिचय पत्र भेटिएपछि उनी सेनाको कर्मचारी रहेको बुझिएको हो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…