एमालेको मधेश प्रदेश अध्यक्षमा मण्डल सर्वसम्मत

२०८० असोज २६ शुक्रबार
दिउसो १२:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । केपी ओली नेतृत्वको नेकपा एमालेको मधेश प्रदेश अध्यक्षमा सिरहाका चण्डेश्वर मण्डल सर्व सहमतिले चयन भएका छन् । 

सिरहाका जिल्ला अध्यक्ष समेत रहेका मण्डलको नेतृत्वको पाँच पदाधिकारी समेत सर्वसम्मतबाट चयन भएको हो । विहिबारसम्म सर्वसहमतिको कुनै तुक नदेखिएको प्रदेश कमिटिमा शुक्रबार दिउँसो सर्वसहमति जुटेको हो । 

प्रदेश कमिटीको उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा रौतहटकी आरती भण्डारी धनुषाका मोहम्मद कैस चयन भएका छन् ।

अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।

निर्वाचन प्रक्रियाले उनीहरूको नाम अनुमोदन गर्ने उनको भनाइ छ । ‘यो पदहरुका मनोनयन दर्ता भइरहेको छ । यी पदहरुमा एक जनाभन्दा बढीले उम्मेदवारी नदिने सहमति भएको छ । अब निर्वाचन प्रक्रियाले अन्तिम रुप दिइने छ । आजै पदाधिकारी निर्वाचित भएको घोणा हुन्छ,’ उनले भने ।

जनकपुरधाममा बुधबारदेखि जारी एमालेको प्रथम अधिवेशनमा बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कसरतपछि पदाधिकारीमा सहमति जुटेको हो । यो सहमतिमा अध्यक्ष केपी शर्मा ओलीले पनि सहमत जनाएको नेताहरूले बताएका छन् ।

यसमा एमालेभित्र स्थानीयस्तरमा देखिएका समूहहरुलाई व्यवस्थापन गरिएको छ । अध्यक्ष छनोट भएका मण्डल पोलिब्युरो सदस्य लिलानाथ श्रेष्ठ निकटका छन् भने उपाध्यक्ष विचारी यादव केन्द्रीय सचिव रघुवीर महासेठ निकट मानिन्छ ।

यस्तै सचिव पौडेल पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, उपसचिव भण्डारी निवर्तमान मधेश सहइन्चार्ज रेवती पन्त र मोहम्मद कैस पोलिब्युरो सदस्य जुलीकुमारी महतो निकट रहेको स्रोतले बताएको छ ।

निर्वाचन समितिले बिहीबार साढे ५ बजे निर्वाचन तालिका र प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो । पदाधिकारीसहित सदस्यहरुमा मनोनयन दर्ता भइरहेको एमाले नेता सन्तोष यादवले जानकारी दिए । सकेसम्म सदस्यसहित पदाधिकारी चयन गरेरै नयाँ नेतृत्वको घोषणा गर्ने एमालेको तयारी छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लहानको नेपाल साईकल स्टोरमा भिषण आगलगी, लाखौँको क्षति 

  • २०८० असोज २६ शुक्रबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौं रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान नगरपालिका वडा नम्बर ३ स्थित रहेको नेपाल साइकल स्टोरमा आईतबार अपरान्ह आगलागी

पूरा पढ्नुहोस्

Bureau Menus