Vianet को २४ औँ वार्षिकोत्सवमा ग्राहकलाई फाईदै फाईदा, पुराना ग्राहकलाई निःशुःक इन्टरनेट अपग्रेड
आफ्ना ग्राहकहरु प्रति कृतज्ञता जनाउदै, भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट निस्शुल्क अपग्रेड गरेको छ१ जसमध्य भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एम्बिपिएस इन्टरनेट छ उनीहरुको २५० एम्बिपिएस अपग्रेड भएको छ, ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहक ले निसुल्क ४०० एम्बिपिएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निशुल्क अपग्रेड गरिएको छ ।

२०८० असोज २५ बिहीबार, बेलुकी ६:२३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक रहेको भायानेटले आफ्ना पुराना ग्राहकलाई सरप्राईज दिने भएको छ ।
आफ्नो २४ औँ वार्षिकोत्सवको अवसर पारेर भायानेट ईन्टरनेट सेवा प्रदायक कम्पनीले पुराना ग्राहकलाई सो सेवा अपग्रेड गरी सरप्राईज गिफ्ट दिएको हो ।
आफ्ना ग्राहकहरूलाई भरपर्दो र किफायती डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ। सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै, भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराएर आफ्ना उपभोक्ताहरूको डिजिटल अनुभव सुधार गर्न निरन्तर लागि परेको छ ।
भायानेट ले २४ औँ वार्षिक उत्सब को अवसरमा, विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३ महिना सदस्यता मात्र रु २४२४ (भ्याट बाहेक) पर्नेछ । यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्। यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५० प्रतिशत सम्म छुट पाउनेछन्।
आफ्ना ग्राहकहरु प्रति कृतज्ञता जनाउदै, भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट निस्शुल्क अपग्रेड गरेको छ१ जसमध्य भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एम्बिपिएस इन्टरनेट छ उनीहरुको २५० एम्बिपिएस अपग्रेड भएको छ, ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहक ले निसुल्क ४०० एम्बिपिएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निशुल्क अपग्रेड गरिएको छ ।
भायानेटसँग प्रविधिमा सधै एक कदम अगाडी आफ्ना ग्राहकलाई सुबिधा दिने इतिहास छ । २०११ मा, हामीले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स (एफटिटिएच) को सुरुवात गर्यौँ, जसले देशलाई उच्च गतिको डिजिटल युगमा अघी बढ्न सहयोग गरेको छ । २०१६ मा, भायानेटले आइपिटिभी सेवाहरू ल्याएर नेपालमा टिभी हेर्ने अनुभवमा नयाँ पन थप गरेको छ ।
ग्राहकहरूलाई गुणस्तरीय सेवाहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धताले कम मुल्य मा १७५ं टिभि च्यानलहरू प्रदान गर्ने भायाटिभीको सुरुवात गरेको हो ।
यसका साथै भायानेटले केहि समय अगाडी मात्रै नेपालको पहिलो मल्टिगिग इन्टरनेट, २ जिपिएस एक्स जि एस एक्स्ट्रीम प्याकेज, जुन अत्याधुनिक एक्स जि एस फाइबर टेक्नोलोजीमा निर्मित छ, सुरु गरेकोमा कृतज्ञ प्रकट गरेको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…