इजरायलमा मारिएका आनन्द साहको घरमा मन्त्री सुनिता यादव
इजरायलमा मारिएका आनन्द साहको घरमा मन्त्री सुनिता यादव

२०८० असोज २३ मंगलबार, दिउँसो ३:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । इजरायलमा भएको आतंकी हमलामा मृत्यू भएका जनकपुरका आनन्द साहको परिवारसँग मधेश प्रदेशकी मन्त्री सुनिता यादवले भेँट गरेकी छन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपहीस्थित उनको निवासमा पुगेर परिवारजनलाई सान्तवना दिएकी हुन् । पीडित परिवारसँग भेँट गर्न पुगेकी उद्योग बाणिज्य तथा पर्यटन मन्त्री यादव गहभरि आँशु लिएर परिवारलाई धैर्य धारणको लागि सम्झाईन् ।
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यू भएका २२ बर्षिय आनन्द साहको परिवारसँग भेट गर्दै मन्त्री यादवले मधेश प्रदेश सरकारसँग आवश्यक पहल गर्ने प्रतिवद्धता जनाइन् ।
आनन्दको मृत्यूले सिँगो देशलाई दुखित तुल्याएको भन्दै सो हमलाको निन्दा समेत गरिन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…