जनकपुर–ढल्केवर सडकखण्डमा चक्काजाम
चक्काजामको कारण जनकपुर र ढल्केवरबाट चल्ने सवारीसाधन सहित दशैँ मनाउन छुट्टीमा काठमान्डौँसहित अन्य शहरबाट गाडीमा आउने यात्रुहरुलाई समस्या भएको छ । गाडीहरु जकथक परेको छ ।

२०८० असोज २२ सोमबार, बिहान ११:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम–ढल्केवर सडकखण्डमा चक्काजाम गरिएको छ ।
धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपहीस्थित स्थानीयहरुले चक्काजाम गरेको हो । इजरायल हमलामा सपहीकै २२ बर्षिय युवक आनन्द साह मारिएपछि स्थानीयहरुले चक्काजाम गरेको हो ।
स्थानीयहरुले आनन्द साह मारिएपछि उनको शव ल्याउनको लागि सरोकारबालाहरुले पहल नगरेको भन्दै चक्काजाम गरेको हो । सरकारको तर्फबाट मृतक नेपालीहरुको शव ल्याउनको लागि पहल नगरेको भन्दै सो सडकखण्ड चक्कजाम गरेको हो ।
आनन्दको मृत्यू भएको दुई दिन बढी भएपनि उनको शव दाहसँस्कारको लागि ल्याउन सरकारको पहल कमजोर रहेको भन्दै आक्रोसित स्थानीयहरुले चक्काजाम गरेको हो । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सो स्थलमा पुगेर चक्काजाम खुलाउने प्रयास गरिरहेको छ ।
चक्काजामको कारण जनकपुर र ढल्केवरबाट चल्ने सवारीसाधन सहित दशैँ मनाउन छुट्टीमा काठमान्डौँसहित अन्य शहरबाट गाडीमा आउने यात्रुहरुलाई समस्या भएको छ । गाडीहरु जकथक परेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…