शिक्षा विद्येयक पुर्नलेखन गर्नुपर्छः जसपा साँसद यादव
उनले भने, ‘शिक्षा विधेयक संवेदनशील विषय हो। यो विधेयक यस्तो बन्नुपर्छ की आमाको गर्भमा बच्चा जब रहन्छ, मृत्यु नहुन्जेलसम्म शिक्षा विधेयकले उसको अधिकारलाई सुनिश्चित गर्छ। यो विधेयक सोचेर बनाउनु पर्छ। यो विधेयकको पुनः लेखनको आवश्यकता छ। किनभने यसमा व्यापक हेरफेर गर्न जरुरी छ। यसमा व्यापक संशोधन हाल्न जरुरी छ। यो विधेयक झट्ट हेर्दा कहीँ निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन, सामुदायिक विद्यालय बिस्थापन गर्न त आएको होइन रु मैले महशुस गरेको छु। निजी विद्यालयले एक दिन आन्दोलन गर्दा घुँडा टेकेको सरकार सामुदायिक विद्यालयले आन्दोलन गर्दा लाठी चार्ज गर्न बाध्य किन भयो त रु सल्लाह सुझाव लिएक

२०८० असोज १९ शुक्रबार, बेलुकी ७:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुनः लेखनको आवश्यकता रहेको बताएका छन्।
शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० मा भग लिँदै उहाँले यस्तो बताएका हुन्। उनले शिक्षा विधेयक संवेदनशील विषय भएको भन्दै विधेयक सोचेर बनाउनुपर्ने बताए।
उनले विधेयकमा व्यापक हेरफेर गर्न र व्यापक संशोधन हाल्न जरुरी रहेको उल्लेख गरे। उनले विधेयक निजी विद्यालयलाई पाल्नका लागि त आएको होइनरु भन्दै प्रश्न गरे।
उनले भने, ‘शिक्षा विधेयक संवेदनशील विषय हो। यो विधेयक यस्तो बन्नुपर्छ की आमाको गर्भमा बच्चा जब रहन्छ, मृत्यु नहुन्जेलसम्म शिक्षा विधेयकले उसको अधिकारलाई सुनिश्चित गर्छ। यो विधेयक सोचेर बनाउनु पर्छ। यो विधेयकको पुनः लेखनको आवश्यकता छ। किनभने यसमा व्यापक हेरफेर गर्न जरुरी छ। यसमा व्यापक संशोधन हाल्न जरुरी छ। यो विधेयक झट्ट हेर्दा कहीँ निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन, सामुदायिक विद्यालय बिस्थापन गर्न त आएको होइन रु मैले महशुस गरेको छु। निजी विद्यालयले एक दिन आन्दोलन गर्दा घुँडा टेकेको सरकार सामुदायिक विद्यालयले आन्दोलन गर्दा लाठी चार्ज गर्न बाध्य किन भयो त ? सल्लाह सुझाव लिएको भए त्यस्तो स्थिति आउँदैन थियो कि। शिक्षकहरुको आन्दोलन त जायज थियो, त्यसैले सम्झौता गरेको हो। सरकारले शिक्षकहरुसँग गरेको सम्झौता अक्षरशः पालना गर्नुपर्छ।’
उनले सरकारले शिक्षकहरुसँग गरेको सम्झौता अक्षरशः पालना हुनुपर्ने बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…