जनकपुरबाट बुद्ध एयरको ATR को दुई उडान नियमित भएपछि यात्रुलाई सहज
राहुल सिँह | जनकपुरधाम, १६ जेठ । डोमेस्टिक हवाई यात्रामा विश्वाशिलो र सुविधायुक्त मानिएको बुद्ध एयरले जनकपुरबाट अब दैनिक दुई उडान भर्ने गरेको छ । एयरको ATR को दुई उडान दैनिक रुपमा भर्न थालेपछि यात्रुलाई सहज भएको छ भने हवाई टिकटको लागि समेत सहजता प्रदान भएको छ । यात्रुले टिकट सहज रुपमा पाउन सकोस् भन्

२०७५ जेठ १६ बुधबार, दिउँसो १:५५ बजे१ मिनेट पढाइ

राहुल सिँह |
जनकपुरधाम, १६ जेठ । डोमेस्टिक हवाई यात्रामा विश्वाशिलो र सुविधायुक्त मानिएको बुद्ध एयरले जनकपुरबाट अब दैनिक दुई उडान भर्ने गरेको छ ।
एयरको ATR को दुई उडान दैनिक रुपमा भर्न थालेपछि यात्रुलाई सहज भएको छ भने हवाई टिकटको लागि समेत सहजता प्रदान भएको छ ।
यात्रुले टिकट सहज रुपमा पाउन सकोस् भन्ने उदेश्यले जनकपुरबाट काठमान्डौँको लागि बुद्ध एयरले ATR को दैनिक दुई वटा उडान भर्न थालेको छ ।
यसका साथै टिकटको सहजता र यात्रुलाई समेत थप सहजताको अभिप्रायले जनकपुरको ट्राभल एजेन्सीहरुसँग समेत समन्वय भईरहेको बुद्ध एयर जनकपुरका प्रबन्ध विजय प्रसाद सिँहले बताए ।
बुद्ध एयरको यो दैनिक उडानसँगै जनकपुरको पर्यटन प्रवद्र्धनमा समेत बढोत्तरी हुने विश्वास लिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…