उदघाटन भएको एक बर्ष भयो तर सँचालन भएन धनौजीको बर्थिङग सेन्टर, कुहिन थाल्यो समाग्री
स्थानीयहरु भनाई अनुसार, गाउँपालिकाभित्र रहेको एम्बुलेन्समा समेत अक्सिजन सिलिण्डर नहुँदा समस्या हुने गरेको छ । एक ठाउँमा अक्जिन सिलिण्ड र सेट कुहिन थालेको छ भने अन्य आवश्यक ठाउँमा अपहुँच देखिएको छ । गाउँपालिकामा एम्बुलेन्स सुनेको मात्र बताउँछन स्थानीयहरु ।

२०८० असोज १५ सोमबार, बेलुकी ६:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेश राजधानी स्थित धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीलाई बर्थिङ्ग सेन्टरको रूपमा उद्घाटन गरेका एक वर्ष पूरा भएका छ्न तर संचालनमा अहिले सम्म हुन सकेका छैन ।
गत वर्ष असोज ६ गतेमा खुशीयालीका साथ धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साह र वडा नम्बर २ का वडाध्यक्ष उदय कुमार साहले बर्थिङग सेन्टरको उदघाटन गरेपनि अझै सँचालनमा भने आउन सकेको छैनन् ।
उद्घाटन भएको एक बर्ष भएपनि सँचालन गर्न नसक्दा स्थानीयहरुले जनप्रतिनीधिको असक्षमताप्रति प्रश्न तेर्साएको छ ।
बर्थिङ्ग सेन्टरको लागि ल्याईएको बेड सिट, अक्सिजन सिलिन्डर , सलाइन स्टिक , कपडा,औषधी समेत एउटा कोठामै बन्द गरेर राखेका छन् त्यो सबै स्वस्थ्य सामाग्रीहरु कुहिन लागेका छ्न्।
स्थानीयहरु भनाई अनुसार, गाउँपालिकाभित्र रहेको एम्बुलेन्समा समेत अक्सिजन सिलिण्डर नहुँदा समस्या हुने गरेको छ । एक ठाउँमा अक्जिन सिलिण्ड र सेट कुहिन थालेको छ भने अन्य आवश्यक ठाउँमा अपहुँच देखिएको छ । गाउँपालिकामा एम्बुलेन्स सुनेको मात्र बताउँछन स्थानीयहरु ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…