नगरसभाको लागि कमला नगरपालिकाको पुरानै रित, महिनौदेखि नगरपालिका हाकिमविहिन 

२०८० असोज १५ सोमबार
बिहान ०७:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय सरकार गठन भएको ६ बर्षमा एक पटक पनि समयमा नगरसभा गर्न नसकेको कमला नगरपालिकाले नयाँ जनप्रतिनीधि पाएपनि रित भने पुरानै दोहरयाएको छ । 

विगत ५ बर्षमा पछिल्ला जनप्रतिनीधिहरुले एक आर्थिक बर्ष पनि समयमा नगरसभा गरी बजेट सँचालन गर्न नसकेको सँस्कारलाई वर्तमान जनप्रतिनीधिहरुले निरन्तरता दिएका छन् । यसको कारण छ, कमला नगरपालिकाकी उपमेयर शिलादेवी मण्डल । 

पछिल्लो सरकारमा समेत उपमेयर बनेकी शिला देवी मण्डलले नै ५ बर्षसम्म व्यक्तिगत हठको कारण समयमा नगरसभा हुन नदिने जनप्रतिनीधिको रुपमा चिनिदै आएकी हुन् । नयाँ सरकार बनेपछि पुनः उपमेयरमा निर्वाचित दोस्रो पटक पनि उपमेयर शिला देवी मण्डलले बजेटको बाधक बनेकी हुन् । 

नेपाली काँग्रेस पार्टीबाट दोसो पटक निर्वाचित उपमेयर मण्डल ६ बर्षदेखि नै अन्य राजनीतिक दलको बहकाउमा आउँदै गरेकी छन् । जसको कारण कहिले पनि समयमा नगरसभा भएको रेकर्ड छैनन् । 

नेपाल सरकारले असारभित्र बजेट ल्याई सक्नुपर्नेमा जोड दिरहेको बेला कमला नगरपालिकाले भने पुरानै सँस्कार दोहरयाउँदा जनता आजित भएका छन् । कमला नगरपालिकावासीले जनप्रतिनीधिप्रति आक्रोस व्यक्त गदै आफैँलाई गाली गर्न सम्म भ्याएका छन् । 

आफूले चुनेको जनप्रतिनीधि मनलायक नै नभएको भन्दै नगरवासीहरुले आफ्नो मतप्रति पछुतो व्यक्त गर्न थालेका छन् । 

कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवले नगरसभाको लागि पटक पटक प्रयास गरेपनि केही वडाध्यक्ष र उपमेयरको बालहठको कारण नगरसभा गर्न सकेको छैनन् । 

सोही क्रममा कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो सरुवा भएको दुई हप्ता बढी भएपनि अहिलेसम्म नयाँ हाकिम नआउँदा नगरसभा पुरानै सँस्कारमा जाने निश्चित भएको छ । 

असोजसम्म बजेट ल्याएर कार्तिक मसान्तदेखि बजेट सँचालन, योजनाहरु सँचालन गरिसक्नुपर्नेमा अहिलेसम्म नगरसभा नै नभएपछि कमला नगरपालिका बन्धक बनेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०८० असोज १५ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus