जनमत पार्टीका सिरहा ईन्चार्ज यादवलाई पार्टीले सोध्यो स्पष्टिकरण
यसका साथै, जिल्लाको कुनै पदाधिकारी संग छलफल नै नगरी किसान जनमत संघ गठन गर्न गइरहेको हुँदा उक्त कार्यक्रम यथासिघ्र रोकी यस बिषयमा ३ दिन भित्र स्पस्टिकरण पेस गर्न पत्राचार गरिएको हो ।

२०८० असोज १२ शुक्रबार, राति ८:३९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको सिरहा जिल्ला कार्य समिति अध्यक्षलाई स्पष्टिकरण सोधिएको छ ।
सिरहा जिल्ला ईन्चार्ज विनोद कुमार यादवलाई पार्टीले शुक्रबार स्पष्टिकरण सोधेको हो । यादव सिरहा जिल्ला ईन्चार्ज भएपछि जनमतका नेता कार्यकर्तासँग कुनै समन्वय नै नगरी एकलौटी ढँगबाट गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको हो ।
यादवमाथि जिल्लामा गुट–उपगुट खडा गरेको , पार्टीको विधान एवम् नीति नियमलाई समेतलाई बेवास्ता गरि जिल्लाका विभिन्न कार्यकर्ताहरुलाई विभिन्न पदको आश्वासन दिई जिल्लामा बिवाद खडा गरेको , जिल्ला समन्वय समितीमा केन्द्रिय निर्देशिका समेत लाई वेवास्ता गरि पालिका अध्यक्षहरुलाई मात्रै जिल्ला समन्वय समिती बनाएको , प्रत्येक पालिकामा पालिका कमिटी हुँदाहुँदै पनि आफ्नो सहयोगीको नाममा हरेक सुचना पालिका कमिटी भन्दा पनि ती व्यक्तिलाई हरेक जानकारी पठाएको भन्दै स्पष्टिकरण सोधिएको हो ।
यसका साथै यादवले वडा सुदृढीकरण कार्यक्रममा पर्यवेक्षक तोक्ने बेलामा समेत निर्देशन बिपरित पालिकाकै कार्यकर्ता लाई आफ्नै पालिकामा पर्यवेक्षक तोकेको , पर्यवेक्षकको रुपमा खटाएको कार्यकर्ताहरुलाई फलानो वडामा फलानै मान्छेलाई वडा अध्यक्ष बनाउनु पर्ने भनी दवाव दिएको , वडा सुदृढीकरण पूरा नभएको पालिकाहरुमा समेत पालिका कमिटी पुनः गठन गरेको , धनगढीमाई नपाको ०८ नम्बर वडा अध्यक्ष निर्वाचित र मजबुत हुदाहुदै पनि कसैलाई थाहै नदिई वडा अध्यक्ष अर्कैलाई तोकेर बिवाद खडा गरेको आरोपसहित स्पष्टिकरण दिनुपर्ने भएको छ ।
पार्टीको राष्ट्रिय अध्यक्ष डा. सीके राउतको नाममा बारम्बार उनकै निर्देशन रहेको भनी ब्ल्याक मेल गर्दैआएको तथा गत आश्विन ०८ गते केन्द्र बाट बारम्बार जिल्ला समन्वय समितीको बिस्तारित बैठक गर्ने भनी निर्देशन हुँदाहुँदै सबैलाई बेवास्ता गरि युवा जनमत संघको प्रशिक्षण कार्यक्रमको नाममा सिमित व्यक्तिहरुलाई सहभागी गराई युवा जनमत संघ गठन गरेको आरोप छ ।
यसका साथै, जिल्लाको कुनै पदाधिकारी संग छलफल नै नगरी किसान जनमत संघ गठन गर्न गइरहेको हुँदा उक्त कार्यक्रम यथासिघ्र रोकी यस बिषयमा ३ दिन भित्र स्पस्टिकरण पेस गर्न पत्राचार गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…