मुख्यमन्त्रीको बारेमा स्टेटस लेख्दा पक्राउ परेका झा २४ घण्टापछि रिहा
विहिबार विहान हिन्दु अभियन्ता, जनकपुरका युवाहरुले जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर उनलाई रिहा गराएको हो । उनले विगत केही दिनदेखि मधेश प्रदेशको सर्लाही मलँगवास्थित दुई समुदायबीच तनाव रहेको बेला झाले मुख्यमन्त्रीले गरेको भाषणलाई कोड गरी फेसबुकमा लेखेपछि पक्राउ परेका थिए ।

२०८० असोज ११ बिहीबार, दिउँसो १२:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको बारेमा समाजिक सँजालमा टिप्पणी गरेपछि पक्राउ परेका अरुण झा रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले मुख्यमन्त्री कार्यालयको उजुरीको आधारमा आयूर्वेद चिकित्सक अरुण झा नामक व्यक्तिलाई पक्राउ गरेको थियो । समाजिक सँजालमा उनले मुख्यमन्त्रीको विरोधमा लेखेपछि उनलाई पक्राउ गरिएको थियो ।
विहिबार विहान हिन्दु अभियन्ता, जनकपुरका युवाहरुले जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर उनलाई रिहा गराएको हो । उनले विगत केही दिनदेखि मधेश प्रदेशको सर्लाही मलँगवास्थित दुई समुदायबीच तनाव रहेको बेला झाले मुख्यमन्त्रीले गरेको भाषणलाई कोड गरी फेसबुकमा लेखेपछि पक्राउ परेका थिए ।
झाले फेसबुकमा–मलँगवामा भएको घटनाका दोषीलाई कारवाहीरगोली हान्नुस मुख्यमन्त्री सरोज यादव ज्यू, नत्र हामी छिट्टै तपाईलाई कालोमोसो दल्छौँ ।” लेखेपछि उनलाई पक्राउ गरिएको थियो ।
झालाई पक्राउ गरेपछि चौतर्फी आलोचना र लोकतन्त्रमा वाक स्वतन्त्रता समेत मुख्यमन्त्रीले हनन गरेको टिकाटिप्पणी आएपछि उनलाई रिहा गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…