संविधान जलाएको आरोपमा पक्राउ परेका सबै युवक ५ दिनपछि रिहा
२०७३ सालदेखि सरकारले संविधान दिवस मनाउँदै आएको छ भने तराई मधेशको जिल्लाहरुमा कालो दिवसको रुपमा मनाउँदै आएको छ । संविधान जारी गर्न सयौँ मधेशीको राज्यद्धारा हत्या गरिएको तथा रगतले लतपत संविधान मान्य नहुने भन्दै संविधान जलाएपछि ११ जनालाई पक्राउ गरिएको थियो ।

२०८० असोज ७ आइतबार, बेलुकी ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नवौँ संविधान दिवसको दिन काठमान्डौँको माईतीघर मण्डलामा संविधान जलाएको आरोपमा पक्राउ परेका सबै युवकहरु रिहा भएका छन् ।
गत असोज ३ गते संविधान दिवसको दिन कालो दिवस मनाउँदै संविधानको प्रतिलिपि जलाएको आरोपमा ११ जना पक्राउ परेका थिए । उनीहरुमाथि अभद्र व्यवहारको मुद्दामा म्याद थप गरिएको थियो ।
असोज ३ गते कालो दिवसको रुपमा मनाउँदै आएका युवकहरुले माइतीघरमा साङ्केतिक संविधान जलाएपछि उनीहरुमाथि मुद्दा चलाईएको थियो । आईतबार उनीहरुलाई ५/५ हजार रुपैयाँ धरौटी राखेर तारेखमा रिहा गरिएको यानका अध्यक्ष राहुल यादवले जानकारी दिए ।
यादवका अनुसार अपरान्ह उनीहरुलाई रिहा गरिएको हो । महानगरिय प्रहरी वृत अनामनगरले राजु महतो, आकाश महतो, श्वेता झा, चुडामणि यादव , राहुल यादव, गौतम राज शर्मा, अर्जुन साह, चन्दन साह, शिव यादव, राम रत्न सिंह र शिव यादवमाथि अभद्र व्यवहारको मुद्दा चलाईएको थियो । राहुल यादव र आकाश महतो परीक्षाको कारण भोलीपल्ट नै रिहा भएको थियो ।
वि.सं. २०७२ सालमा जारी गरिएको नेपालको संविधानको केही बुँदामा असहमतिसहित संविधान जारी राख्दा मधेशी समुदायलाई छाती र टाउकोमा गोली हानेर जबरदस्ती संविधान जारी गरेको भन्दै सो दिनलाई मधेशी समुदायका युवकहरुले कालो दिनका रुपमा मनाउँदै आएका छन् ।
२०७३ सालदेखि सरकारले संविधान दिवस मनाउँदै आएको छ भने तराई मधेशको जिल्लाहरुमा कालो दिवसको रुपमा मनाउँदै आएको छ । संविधान जारी गर्न सयौँ मधेशीको राज्यद्धारा हत्या गरिएको तथा रगतले लतपत संविधान मान्य नहुने भन्दै संविधान जलाएपछि ११ जनालाई पक्राउ गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…