जानकी वृद्धाश्रमको ३ लाखको बिजुली बिल मिनाहा गर्न माग
न्यूज ब्यूरो | जनकपुरधाम, १५ जेठ । जनकपुरको जानकी वृद्धाश्रमको विद्युतको ३ लाख रुपैयाँ बक्यौता मिनाहा गरिदिन प्रदेश सरकारसँग माग गरिएको छ । ११ औँ गणतन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी सँघ (नेविसँघ) धनुषाले आयोजना गरेको एक कार्यक्रमबीच वृद्धाश्रमको बाँकी रहेको ३ लाख रुपैयाँ मिनाहा गरिदिन माग गरिएको

२०७५ जेठ १५ मंगलबार, दिउँसो १:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १५ जेठ । जनकपुरको जानकी वृद्धाश्रमको विद्युतको ३ लाख रुपैयाँ बक्यौता मिनाहा गरिदिन प्रदेश सरकारसँग माग गरिएको छ ।
११ औँ गणतन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी सँघ (नेविसँघ) धनुषाले आयोजना गरेको एक कार्यक्रमबीच वृद्धाश्रमको बाँकी रहेको ३ लाख रुपैयाँ मिनाहा गरिदिन माग गरिएको हो ।
नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्र तथा प्रदेश नं. २ बाट प्रदेश सभा सदस्य सरस्वति चौधरीको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रममा उक्त बक्यौता मिनाहा गरी वृद्धा आश्रमको उचीत व्यवस्थापन र सँचालनमा सुधारको लागि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने जनाइएको छ ।
कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य दिनेश साहको विशेष उपस्थिती रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…