सम्पादकीय । मधेश प्रदेशको सर्लाही जिल्लाको सदरमुकाम मलँगवा अहिले तनावग्रस्त छ । दुई समुदायबीचको पटक पटक झडप, झगडाले मलँगवा विगत ५ दिनदेखि नै तनावग्रस्त रहेको छ ।
यसअघि हिन्दु धर्मावलम्बीहरुले मनाउने
सम्पादकीय । मधेश प्रदेशको सर्लाही जिल्लाको सदरमुकाम मलँगवा अहिले तनावग्रस्त छ । दुई समुदायबीचको पटक पटक झडप, झगडाले मलँगवा विगत ५ दिनदेखि नै तनावग्रस्त रहेको छ ।
यसअघि हिन्दु धर्मावलम्बीहरुले मनाउने कृष्ण जन्माष्टमीको बेला मूर्ति विसर्जन गर्न जाँदा मुस्लिम समुदायहरुका केही उच्छृँगल व्यक्तिहरुले छतबाट तातो पानी, ढुँगा, ईट पत्थर फालेर मूर्ति विसर्जनमा सहभागी हिन्दु समुदायका कैयौँ व्यक्तिलाई घाईते पारेको घटना अझै सेलाएको छैनन् ।
प्रदेश सरकार गठन भएदेखि नै खास गरी तराई मधेशको केही जिल्लाहरुमा मुस्लिम समुदायका केही उच्छृँगल व्यक्तिहरुले हिन्दु समुदायको देवी देवतामाथि चप्पल प्रहार, ढुँगा प्रहार जस्ता घृणित कार्यहरु गर्दै आएको थुप्रै घटनाहरु हुन थालेको छ । केही बर्ष अगाडीसम्म शान्त, दुई समुदायबीच सदभाव नै रहेको बेला प्रदेश सरकार गठनपछि एकाएक अवस्था तनावमय बनेको भन्न सकिन्छ । धार्मिक तवरले हिन्दु समुदायबाट पनि सँघ सँस्थाको नाममा उच्छृँगल गतिविधि गर्दै आएको थुप्रै सबुतहरु छन् ।
सर्लाहीको मलँगवामा कृष्णाष्टमीदेखि नै दुई समुदायबीच माहौल तनावमय छ । केही दिन अगाडी मात्र बारा जिल्लामा एक मस्जिदको उदघाटन गर्न पुगेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हिन्दु–मुस्लिमबीच दँगा गराउन खोज्नेलाई लाठीले होईन गोली चलाउने सम्म भन्न भ्याए । मुख्यमन्त्रीको उक्त भाषण समाजिक सँजालमा निकै चर्चा बटुल्यो । जहाँ मधेश प्रदेशका केही जिल्लाहरुमा केही मुस्लिम समुदायको उच्छृँगल गतिविधिले आजित रहेको समाजमा मुख्यमन्त्रीको कडा कदम चाल्ने आवश्वास दिएपछि राहत महसुस गरेको अवस्थामा मलँगवामा दिनप्रतिदिन मुस्लिम समुदायको बढदो उच्छृँगलताले त्यहाँको अवस्था जटिल बनाएको छ ।
कृष्णाष्टमीदेखि नै तनावमय रहेको मलँगवामा पटक पटक कर्फ्यू मात्र लगाएर सर्लाहीका सिडिओ ईन्द्रदेव यादवले आफ्नो निकम्मापन साबित गरेकै हुन् । दुई समुदायबीचको निरन्तरको यो घटनालाई स्थायी रुपमा शान्त पार्ने उपाय खोज्नुभन्दा पटक पटक कर्फ्यू लगाएर जिम्मेवारीबाट भाग्न खोजेकै हुन् ।
यता, जनता समाजवादी पार्टी (जसपा) को यादव–मुस्लिम समिकरण बरकरार राख्नकै लागि मुख्यमन्त्री सरोजकुमार यादवले मलँगवा घटनामा चुप्पी लादेको आरोप छ । मुस्लिम भोँटको लागि मुख्यमन्त्री यादवले मलँगवा घटनामा कुनै अधिकारिक अभिव्यक्ति वा दँगा नियन्त्रणको लागि कुनै ठोस कदम नउठाउनुले अनेकौँ शंका उब्जेको छ । अन्त्यमा, सर्लाहीको मलँगवाको घटनामा प्रशासनले तेस्रो बाटो अपनाएर दुई समुदायबीचको तनाव स्थायी रुपमा निराकरण गर्नुपर्ने आवश्यकता छ ।