
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को धनुषा जिल्ला कार्य समिति विधान विपरित गठन गरिएको आरोप लगाईएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. २ को विभिन्न गाउँपालिका, नगरपालिकाको कार्य समिति विस्तार गरेपछि नेविसंघका जिल्ला सभापति सुजित कुमार यादवले कार्य समिति विस्तार नेविसंघको विधान विपरित भएको भन्दै खारेजको लागि सूचना जारी गरेका थिए ।
धनुषा निर्वाचन क्षेत्र नं. २ का नेविसंघ सँयोजक जयनाथ कुमार यादवले शुक्रबार गाउँपालिका, नगरपालिकास्तरीय कार्य समिति चयन गरेपछि जिल्ला सभापति यादवले सो कार्य समितिलाई अवैद्यानिक बताउँदै खारेजी गरेको भनेर विज्ञप्ति जारी गरेको थियो ।
शनिबार साँझ सँयोजक जयनाथ कुमार यादवले पुनः प्रेस विज्ञप्ति जारी गर्दै कार्य समिति चयनको लागि जिल्ला सभापति सुजित कुमार यादवको रोहबरमा छलफल बोलाई उनकै आदेशले समिति चयन गरिएको दाबी गरिएको छ ।
विज्ञप्तीमा आक्रोस पोख्दै यादवले क्षेत्रीय समिति विस्तार नेविसंघको विधान विपरित भए जिल्ला कार्य समिति नै विधान विपरित भएको दाबी उनले गरेका हुन् । यसरी नेविसंघ धनुषामा गुट उपगुट खडा भएपछि आन्तरिक द्धन्द्ध उत्पन्न भएको छ ।
शहिदनगर नगरपालिकाले ल्यायो ५८ करोड बढी बजेट
- २०८० भदौ ३० शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाले नयाँ आर्थिक वर्षका ०८०/०८१ का लागि ५८ करोड ३८ लाख ९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । आइतबार नगरपालिका नगर प्रमुख दिनेश प्रसाद
पूरा पढ्नुहोस्