धनुषामा काँग्रेसी विद्यार्थी नेताहरुबीच पदीय मारामार 

२०८० भदौ ३० शनिबार
दिउसो १२:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषास्थित नेपाली काँग्रेसको विद्यार्थी सँगठन नेपाल विद्याथी संघमा शाब्दिक मारामार भएको छ । 

काँग्रेसको भातृ सँगठन समेत रहेको नेपाल विद्यार्थी सँघ (नेविसंघ) को क्षेत्रिय समितिले शुक्रबार विभिन्न पदको जिम्मेवारी विभिन्न व्यक्तिहरुलाई दिएपछि सभापतिले सोलाई खारेज गरिदिएको छ । 

भदौ २९ गते शुक्रबार नेपाल विद्यार्थी संघ क्षेत्र नं. २ का संयोजक जयनाथ यादवले विभिन्न विद्यार्थीहरुलाई विभिन्न पदको जिम्मेवारी तोकेको सूचना प्रकाशित गरेपछि संघका सभापतिले शनिबार नै खारेज गरेपछि काँग्रेसी विद्यार्थीहरुबीच नैतिक द्धन्द्ध चर्केको छ । 

नेविसंघका धनुषा सभापति सुजित कुमार यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघको विधान विपरित क्षेत्रीय सँयोजक जयनाथ यादवले जिम्मेवारी बाँडफाँड गरेको भन्दै सो निर्णयलाई नै खारेज गरिदिएपछि समाजिक सँजालमा पनि नैतिक र शाब्दिक द्धन्द्ध चर्केको छ । 

क्षेत्रीय संयोजकले आफ्नो क्षेत्राधिकार भन्दै सँयोजकसहित अन्य सदस्यहरुको जिम्मेवारी तोकेको भोलीपल्ट नै जिल्ला सभापतिले सोलाई खारेज गरिदिएपछि शाब्दिक मारामार भएको हो । 

  • 0%
  • 95%
  • 0%
  • 5%
  • 0%
  • 0%

सर्लाहीमा जनमत पार्टीप्रति झुकाव बढदै , १२ हजार बढी सदस्यता वितरण

  • २०८० भदौ ३० शनिबार

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बलरा नगरपालिका जनमत पार्टीको केन्द्रिय अभियान अन्तर्गत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।  बलरा नगरपालिका वडा नं. १ मिर्जा हथिऔलमा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा

पूरा पढ्नुहोस्

Bureau Menus