धनुषामा काँग्रेसी विद्यार्थी नेताहरुबीच पदीय मारामार
नेविसंघका धनुषा सभापति सुजित कुमार यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघको विधान विपरित क्षेत्रीय सँयोजक जयनाथ यादवले जिम्मेवारी बाँडफाँड गरेको भन्दै सो निर्णयलाई नै खारेज गरिदिएपछि समाजिक सँजालमा पनि नैतिक र शाब्दिक द्धन्द्ध चर्केको छ ।

२०८० भदौ ३० शनिबार, दिउँसो १२:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषास्थित नेपाली काँग्रेसको विद्यार्थी सँगठन नेपाल विद्याथी संघमा शाब्दिक मारामार भएको छ ।
काँग्रेसको भातृ सँगठन समेत रहेको नेपाल विद्यार्थी सँघ (नेविसंघ) को क्षेत्रिय समितिले शुक्रबार विभिन्न पदको जिम्मेवारी विभिन्न व्यक्तिहरुलाई दिएपछि सभापतिले सोलाई खारेज गरिदिएको छ ।
भदौ २९ गते शुक्रबार नेपाल विद्यार्थी संघ क्षेत्र नं. २ का संयोजक जयनाथ यादवले विभिन्न विद्यार्थीहरुलाई विभिन्न पदको जिम्मेवारी तोकेको सूचना प्रकाशित गरेपछि संघका सभापतिले शनिबार नै खारेज गरेपछि काँग्रेसी विद्यार्थीहरुबीच नैतिक द्धन्द्ध चर्केको छ ।

नेविसंघका धनुषा सभापति सुजित कुमार यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघको विधान विपरित क्षेत्रीय सँयोजक जयनाथ यादवले जिम्मेवारी बाँडफाँड गरेको भन्दै सो निर्णयलाई नै खारेज गरिदिएपछि समाजिक सँजालमा पनि नैतिक र शाब्दिक द्धन्द्ध चर्केको छ ।
क्षेत्रीय संयोजकले आफ्नो क्षेत्राधिकार भन्दै सँयोजकसहित अन्य सदस्यहरुको जिम्मेवारी तोकेको भोलीपल्ट नै जिल्ला सभापतिले सोलाई खारेज गरिदिएपछि शाब्दिक मारामार भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…