धनुषामा सन नेपाल लाईफ एन्स्योरेन्सद्धारा सरकारी स्कूललाई आर्थिक सहयोग
कार्यक्रममा स्थानीय, अभिकर्ता, जनप्रतिनिधि र कम्पनीका मधेश प्रदेश प्रमुख नबराज चौधरी, कर्पोरेट कार्यालयका प्रमुख निती अधिकृत दिव्यश झा र उपशाखा प्रमुख संजय कुमार मण्डल को उपस्थिति थियो।

२०८० भदौ २६ मंगलबार, राति ९:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सन नेपाल लाइफ इन्स्योरेन्सले धनुषाको समुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
ईन्स्योरेन्स कम्पनीले मधेश प्रदेशको मुखियापटी मुसहरनिया गाउँपालिकाको मुखियापटिट्स्थित रहेको राष्ट्रिय माविलाई ४० हजार रुपैयाँ सहयोग गरेको हो ।
सोही गाउँपालिकामा मँगलबार जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै कम्पनीले समुदायिक विद्यालयलाई सो आर्थिक रकम सहयोग गरेको हो । कम्पनीले गाउँपालिकाका अध्यक्ष जय कुमार यादवको आतिथ्यमा अभिमुखीकरण कार्यक्रम गरेको हो।
कार्यक्रममा उक्त गाउँपालिकाकाका वडाध्यक्ष, स्थानीय र शिक्षकको सहभागिता थियो। सोही कार्यक्रममा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिब विद्यार्थीहरुलाई सहयोगस्वरुप श्री राष्ट्रिय माविलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कार्यक्रममा स्थानीय, अभिकर्ता, जनप्रतिनिधि र कम्पनीका मधेश प्रदेश प्रमुख नबराज चौधरी, कर्पोरेट कार्यालयका प्रमुख निती अधिकृत दिव्यश झा र उपशाखा प्रमुख संजय कुमार मण्डल को उपस्थिति थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…