बिकट क्षेत्र पूर्वी धनुषाको साघारामा पनि NIC ASIA को ATM सँचालनमा
पूर्वी धनुषामा कमला नगरपालिका, विदेह नगरपालिका, जनकनन्दिनी गाउँपालिकामध्ये कमला नगरपालिकाको साघारा चोकमा एटिएम सँचालन भएको हो । यसले कमला र जनकनन्दिनीका एटिएम प्रयोगकर्ता सेवाग्राहीलाई बैँकमा लाईन लाग्नुपर्ने अवस्था अन्त्य भएको बैँकका कर्मचारी मुकेश साहले बताए ।

२०८० भदौ २२ शुक्रबार, बिहान ११:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको विकट क्षेत्र मानिने पूर्वी धनुषाको कमला क्षेत्रस्थित एनआईसी एसिया बैँकको एटिएम सँचालनमा आएको छ ।
कमला नगरपालिका वडा नं. ४ साघारास्थित रहेको एनआईसी एसिया बैँकको साघारा शाखाले एटिएम सँचालनमा ल्याएको हो । एटिएम सँचालनमा आएपछि पूर्वी धनुषाका वासिन्दालाई सहज भएको छ ।
विकट क्षेत्र रहेको यस भेगमा बैँकसम्म असहज पहुँच भएको बेला एनआईसी एसिया बैँकले शाखा विस्तारसहित एटिएम सँचालनमा ल्याएको हो । एनआईसी एसिया बैँकको शाखा ३ बर्षदेखि सँचालनमा रहेको छ ।
पूर्वी धनुषामा कमला नगरपालिका, विदेह नगरपालिका, जनकनन्दिनी गाउँपालिकामध्ये कमला नगरपालिकाको साघारा चोकमा एटिएम सँचालन भएको हो । यसले कमला र जनकनन्दिनीका एटिएम प्रयोगकर्ता सेवाग्राहीलाई बैँकमा लाईन लाग्नुपर्ने अवस्था अन्त्य भएको बैँकका कर्मचारी मुकेश साहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…