जनकपुर–ढल्केवर सडकखण्डमा चक्काजाम
कांग्रेसका क्षेत्रीय सभापति धनुषा निर्वाचन क्षेत्र नं. ४ का भारत यादवको नेतृत्वमा काँग्रेस निकट विद्यार्थी युनियन , युवा संघ र स्थानीय जनताद्वारा राजमार्गमा चक्का जाम गरी विरोध गरेका छ्न। लक्ष्मिनियाँमा गरिएको सडकखण्डको चक्काजाम खुलाउन प्रशासनको टोली आन्दोलन स्थलमा पुगेको हो । युवाहरुले टायर बालेर प्रदर्शन गर्दै चक्काजाम गरेको हो ।

२०८० भदौ २० बुधबार, बेलुकी ७:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम–ढल्केवर सडकखण्डमा चक्काजाम गरिएको छ ।
धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकाको लक्ष्मीनियाँ बजारस्थित चक्काजाम गरिएको हो । चक्काजामको कारण सवारी साधनहरु जकथक परेको छ भने सर्वसाधारणलाई समेत सास्ती भएको छ ।
नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादव माथी दिउँसो काठमाडौंमा भएको सँघातिक आक्रमणको विरोध गर्दै युवकहरुले चक्काजाम गरेको हो । यादवमाथि खुकुरी प्रहार भएपछि जनकपुरसहित धनुषाको विभिन्न स्थानमा आक्रोसको माहौल उत्पन्न भएको हो ।
कांग्रेसका क्षेत्रीय सभापति धनुषा निर्वाचन क्षेत्र नं. ४ का भारत यादवको नेतृत्वमा काँग्रेस निकट विद्यार्थी युनियन , युवा संघ र स्थानीय जनताद्वारा राजमार्गमा चक्का जाम गरी विरोध गरेका छ्न।
लक्ष्मिनियाँमा गरिएको सडकखण्डको चक्काजाम खुलाउन प्रशासनको टोली आन्दोलन स्थलमा पुगेको हो । युवाहरुले टायर बालेर प्रदर्शन गर्दै चक्काजाम गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…