जनकपुरका अनुभवी एवम् स्वतन्त्र सेनानी पत्रकार राजेश्वर नेपाली रहेनन्
देशका पहिला प्रधानमन्त्री विपी कोइराला देखि कांग्रेसका चर्चित नेताहरु संग पत्रकार र आन्दोलनका अगुवाका रुपमा काम गरिसकेका नेपाली एक पुत्र र पत्नी वियोग समेत सहि सकेका थिए । हाल उनको एक छोरा (हाल जनकपुरधाम उपमहानगरपालका वडा नं. २३ को वडा अध्यक्ष राघवेन्द्र साहं र तिन छोरीहरु छन् ।

२०८० भदौ १२ मंगलबार, बिहान ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका वरिष्ठ पत्रकार एवम् नेपाली पत्रकारिता जगतका स्वतन्त्रत सेनानी राजेश्वर नेपालीको मृत्यू भएको छ ।
प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा समेत लडेका लोकतन्त्रका अनुभवी पत्रकार नेपालीले सोमबार अन्तिम साँस लिएको हो । विगत लामो समयदेखि विरामी परेर घरमै छ महिना भन्दा बढि देखि थला परेका नेपालीको सोमवार साँझ ८ बजे ५ मिनेट जाँदा निधन भएको उनका ज्वाई समेत रहेका पत्रकार श्री नारायण साहले जानकारी दिए ।
वि.सं. २००२ साल भदौ १९ गते धनुषाको बिन्धी गाविसको वडा नं। १ हाल जनकपुरधाम उपमहागनरपालिकाको वडा नम्बर २३ लादोबेलामा जन्मेका नेपाली पत्रकारिताका साथ साथै प्रजातन्त्र, लोकतन्त्रका हरेक जनआन्दोलनहरुमा अगुवाका रुपमा काम गरेका छन् ।
नेपाली जिउँदा ईतिहास थिए । २००७ साल देखिको विभिन्न आन्दोलन, देशमा कुन तिथि र समयमा के परिवर्तण, घटना परिघटनाहरु भए कुनै पनि बेला मौखिक (मुहजवानीं भन्न सक्ने क्षमताका पत्रकार थिए ।
देशका पहिला प्रधानमन्त्री विपी कोइराला देखि कांग्रेसका चर्चित नेताहरु संग पत्रकार र आन्दोलनका अगुवाका रुपमा काम गरिसकेका नेपाली एक पुत्र र पत्नी वियोग समेत सहि सकेका थिए । हाल उनको एक छोरा (हाल जनकपुरधाम उपमहानगरपालका वडा नं. २३ को वडा अध्यक्ष राघवेन्द्र साहं र तिन छोरीहरु छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…