सम्मान मधेसले गरे असहाय परिवारलाई भवन दान
विनय कुमार यादव | जनकपुरधाम, १३ जेठ । सम्मान मधेस नामक एक समाजिक सँस्थाले अहसाय परिवारलाई भवन हस्तान्तरण गरेको छ । धनुषाको सबैला नगरपालिका वडा नं.३ महराटोलमा एक अहसाय, अति विपन्न परिवारलाई भवन हस्तान्तर गरेको हो । सबैला वडा नं. ३ भोली महरालाई उक्त भवन हस्तान्तरण गरिएको हो । भोली महरालाई प्यारालाईसिस

२०७५ जेठ १३ आइतबार, बिहान १०:३४ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, १३ जेठ । सम्मान मधेस नामक एक समाजिक सँस्थाले अहसाय परिवारलाई भवन हस्तान्तरण गरेको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं.३ महराटोलमा एक अहसाय, अति विपन्न परिवारलाई भवन हस्तान्तर गरेको हो ।
सबैला वडा नं. ३ भोली महरालाई उक्त भवन हस्तान्तरण गरिएको हो । भोली महरालाई प्यारालाईसिस भएर अपाङग भएको छ भने उनका श्रीमति समेत आँखाले अपाङग (अन्धो) भएकोले सम्मान मधेसले सहयाता स्वरुप भवन बनाइदिएका हुन् ।
वैदेशिक रोजगारीमा रहेका मधेसी मूलका युवाहरुले एक एक रुपैयाँ जम्मा गरी ३ लाख रुपैयाँको लागतमा दुइै कोठे भवन र एक चर्पी सहितको घर पक्की घर निर्माण गरिदिएका हुन् ।
सँस्थाको कुवेत अन्तर्गतको सिटी बस कम्पनीमा कार्यरत सदस्यहरुको विशेष सहयोगमा उक्त घर निर्माणको लागि सहयोग गरिएको हो ।
सँस्थाका केन्द्रीय अध्यक्ष त्रिलोक साहको अध्यक्षतामा सम्पन्न भवन हस्तान्तरण कार्यक्रम मार्फत भवन हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सबैला नगरपालिकाका प्रमुख विजय शँकर साह, वडा नं. ३ का वडाध्यक्ष सँतोष साह सहित जनप्रतिनीधि राजु गुप्ता, उद्योग वाणिज्य सँघ सबैलाक प्रताप नायक, राप्रावि मटहीका प्रअ योगेन्द्र साह, सँस्थाका केन्द्रीय कोषाध्यक्ष मिथिलेश दास, जिल्ला अध्यक्ष शम्भू चौधरी लगायत दलका राजनीतिकर्मीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…