विद्युत प्राधिकरण सिरहा गरिब किसानलाई सताउँदै, केही बील बक्यौता हुँदा लाईन काटिदै
सिरहामा अव्यवस्थित हिमालय सुगर मिल, मारुती सिमेन्ट र शौर्य सिमेन्ट लगायत अन्य उद्योगले सिरहा बिधुत प्राधिकरणको बिजुली महसुल बुझाउनलाई बाकी रहँदा पनि मिटरको तार काट्न आट नगर्ने तर गरिब किसान मजदुरको मात्र केही हजार मात्र तिर्नु बाँकी रहँदा ज्यादती गरि लाइन काट्ने अन्याय गरेको स्थानीयहरु बताउँछन् ।

२०८० साउन २७ शनिबार, बेलुकी ७:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल विद्युत प्राधिकरण सिरहा शाखाले आम नागरिकलाई सास्ती दिएको आरोप लगाईएको छ । करोडौँको बील भुक्तानी बक्यौता राखेका उद्योगहरुलाई प्रवेश गर्न डराउने विद्युतका कर्मचारीहरुले गरिबको घरको लाईन धमाधम काटन थालेको छ ।
विद्युत प्राधिकरण सिरहाका प्रमुख राम अयोध्या यादवले आम सर्वसाधारणको बिजुली बिलको लागि चेतावनी समेत नदिई धमाधम लाईन कटाउन थालेपछि नागरिक समस्या परेका छन् । गर्मी र बर्षाको मौसममै घरको लाईन काटिदिएपछि गरिब, किसानहरुलाई सास्ती भएको छ ।
बिधुत प्राधिकरण सिरहाका कर्मचारीहरुले गाउँ–गाउँ गएर बिजुलीको बिल बक्यौत्ता राखेकाहरुलाई चेतावनी र सूचना नै नदिई मिटरको लाईन काट्न थालेपछि विरोध गरिएको छ । सिरहाको नरहा गाउँ पालिका वडा नम्बर २ पानबारिमा बिधुत प्राधिकरणका गाडी चालक र एक कर्मचारीले बिधुत मिटरको बिल नतिर्नेलाई कार्वाही स्वरुप मिटरको तार काटेर बिजुली अवरुद्ध गरेपछि स्थानीयहरु आक्रोसित बनेका छन् ।
“सर नकाटिदिनुस हामिलाई धेरै समस्या हुन्छ । बर्षा परेको बेलामा राती बत्ती नहुदा घरमा सुत्केरी भएको महिलालाई अफ्ट्यारो हुन्छ । धान उब्जाएर म यो महिना भित्र बिल बुझाउछु ।” भनेर एक किसानले हारगुहार गर्दा पनि विद्युत कर्मचारीले लाईन काटिदिएपछि थप पीडा भएको स्थानीय एक किसानले गुनासो पोखे ।
यता, सिरहा बिधुत प्राधिकरणका प्रमुख राम अयोध्या राय यादवले मोटो माल खाएर ठुला–ठुला उद्योगलाई बिद्युत चोरी गरी लाइन दिने गरेको आरोप लगाईएको छ ।
सिरहामा अव्यवस्थित हिमालय सुगर मिल, मारुती सिमेन्ट र शौर्य सिमेन्ट लगायत अन्य उद्योगले सिरहा बिधुत प्राधिकरणको बिजुली महसुल बुझाउनलाई बाकी रहँदा पनि मिटरको तार काट्न आट नगर्ने तर गरिब किसान मजदुरको मात्र केही हजार मात्र तिर्नु बाँकी रहँदा ज्यादती गरि लाइन काट्ने अन्याय गरेको स्थानीयहरु बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…