सिरहाका सशस्त्र प्रहरीका एसपीलाई महिनबारी दिएको तस्करको आरोप, एसपी भन्छन् -'मिथ्या' आरोप
यता, सशस्त्र प्रहरीका एसपी भारतीयसँग सम्पर्क गर्दा उनले गत शुक्रबार राती तस्करीको समान पक्राउ गरेपछि कसैले मिथ्या आरोप लगाएको हुन सक्ने बताए । न्यूज ब्यूरोसँगको कुराकानीमा उनले बेबारिसे अवस्थामा समान पक्राउ गरेपछि समान कसको रहेको नरहेको बारे थाहा नभएको बताए । ९ लाख रुपैयाँ बढीको अवैद्य समान पक्राउ गरेपछि तस्करले आरोप लगाउनु स्वभाविक रहेको बताए ।

२०८० साउन २२ सोमबार, बिहान ११:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका सशस्त्र प्रहरीका एसपीलाई तस्करले महिनबारी रकम बुझाउने गरेको आरोप लगाएका छन् ।
गत शुक्रबार ९ लाख बढीको तस्करीको समान पक्राउ गरेपछि तस्कर कृष्णा राउतले सशस्त्र प्रहरी सिरहाका प्रमुख प्रमोद भारतीमाथि महिनबारी दिएको आरोप लगाएका छन् ।
सिरहाका नामुद तस्कर मानिएका कृष्णा राउतको तस्करीको समान पक्राउ गरेपछि एसपीमाथि महिनबारी दिएको आरोप लगाएपनि अहिले उनले आरोप अस्विकार गरेका छन् । एक अडियो रेकर्डमा उनले एसपी भारतीलाई महिनाको ५० हजार रुपैयाँ दिने गरेको आरोप लगाएका छन्, यद्यपी राउतलाई न्यूज ब्यूरोले सम्पर्क गर्दा उनले एसपीमाथि त्यस्तो कुनै आरोप नलगाएको प्रतिक्रिया दिएका छन् ।
उनले अर्को सन्दर्भमा कुरा गरेकोलाई बँग्याएर रेकर्ड गरेको प्रतिक्रिया दिएका छन् । राउतले एसपी भारतीको सन्दर्भमा कुनै कुरा नै नगरेको बताएका छन् । जानकारी अनुसार, एसपीको लागि ठाडी नाकाका डिएसपी दिपेन्द्र थापाले रकम उठाउने गरेको आरोप छ ।
यता, सशस्त्र प्रहरीका एसपी भारतीयसँग सम्पर्क गर्दा उनले गत शुक्रबार राती तस्करीको समान पक्राउ गरेपछि कसैले मिथ्या आरोप लगाएको हुन सक्ने बताए । न्यूज ब्यूरोसँगको कुराकानीमा उनले बेबारिसे अवस्थामा समान पक्राउ गरेपछि समान कसको रहेको नरहेको बारे थाहा नभएको बताए । ९ लाख रुपैयाँ बढीको अवैद्य समान पक्राउ गरेपछि तस्करले आरोप लगाउनु स्वभाविक रहेको बताए ।
एक अडियोमा एसपीमाथि लगाएको आरोप पुष्टिको लागि आधार खोजेपछि तस्कर कृष्णा राउत सम्पर्कविहिन भए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…