बालेन शैलीमा उत्रे मेयर बेचन दास, बीरेन्द्रबजार–महिनाथपुर सडकको अतिक्रमणमा डोजर
बेलापट्टि, तिनकोरिया हुँदै महिनाथपुरसम्मको क्षेत्रमा अतिक्रमण पाईए घर टहरा भत्काउने मेयर दासलाई उदृत गर्दै वडा नं. १ का वडाध्यक्ष सँजय पाण्डेले जानकारी दिए । डोजर लिएर पुगेपछि वडा नं. ५ का वडाध्यक्ष राधेश्याम गोईत, वडा नं. ७ का वडाध्यक्ष राजकिशोर सिँह लगायत अन्य वडाका जनप्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

२०८० साउन २१ आइतबार, राति ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले सडक अतिक्रमण गरी घर टहरा बनाएकाहरुको लागि बालेन शैली अपनाएका छन् ।
नगर प्रमुख बेचन दासले सडक विभागसँग सहकार्य गरी सार्वजनिक सडक अतिक्रमण गरी घर टहरा, पसल बनाएकाको जग्गामा डोजर चलाएका छन् । विदेह नगरपालिका क्षेत्रभित्र पर्ने सो सडकमा अतिक्रमण गरीएको जग्गा डोजर चलाएर खाली गराउन थालेका छन् ।
आईतबार तिनकोरियाचोकमा अतिक्रमित जग्गामा डोजर चलाएका हुन् । उनले विदेह नगरपालिकाको मुख्य बजार मानिने तिनकोरिया चोकमा अतिक्रमण गरी बनाईएको घर टहरा खाली गराएका हुन् । सोको लागि उनले यसअघि नै सार्वजनिक सूचना निकालेका थिए । सूचना अटेरी गरेपछि मेयर दासले डोजर लिएर आफैँ पुगेका थिए ।
बेलापट्टि, तिनकोरिया हुँदै महिनाथपुरसम्मको क्षेत्रमा अतिक्रमण पाईए घर टहरा भत्काउने मेयर दासलाई उदृत गर्दै वडा नं. १ का वडाध्यक्ष सँजय पाण्डेले जानकारी दिए । डोजर लिएर पुगेपछि वडा नं. ५ का वडाध्यक्ष राधेश्याम गोईत, वडा नं. ७ का वडाध्यक्ष राजकिशोर सिँह लगायत अन्य वडाका जनप्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…