नेश्नल ईन्जिनीयर्स एसोसिएशन नेपाल धनुषाको पुर्नगठन, अध्यक्षमा यादव
समितिको मुख्य सचिवमा मनोज कुमार साह, सचिवमा दयानीधि यादव र सह सचिवमा अर्जुन मण्डललाई चयन गरिएको हो । समितिको कोषाध्यक्षमा ई. अर्चना यादवलाई चयन गरिएको छ भने सह कोषाध्यक्षमा ई. हेमन्त कुमार यादवलाई चयन गरिएको हो ।

२०८० साउन २० शनिबार, राति ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेश्नल ईन्जिनीयर्स एसोसिएशन नेपाल, जिल्ला कार्य समिति धनुषाको पुर्नगठन गरिएको छ ।
शनिबार जनकपुरधाममा भएको पुर्नगठन हुँदा अध्यक्षमा ईन्जिनीयर गोविन्द कुमार यादव सर्वसहमतिले चयन भएका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा ईन्द्रदेव अधिकारी र उपाध्यक्षमा विजय भगतलाई चयन गरिएको छ ।
समितिका अध्यक्ष दिपक कुमार यादवको अध्यक्षता तथा एसोसिशन मधेश प्रदेशका ईन्चार्ज ई. गौरी पण्डितको प्रमुख आतिथ्यमा सम्पन्न पुर्नगठन कार्यक्रममा अर्का उपाध्यक्षमा अखलेश कुमार महरानलाई चयन गरिएको छ ।
समितिको मुख्य सचिवमा मनोज कुमार साह, सचिवमा दयानीधि यादव र सह सचिवमा अर्जुन मण्डललाई चयन गरिएको हो । समितिको कोषाध्यक्षमा ई. अर्चना यादवलाई चयन गरिएको छ भने सह कोषाध्यक्षमा ई. हेमन्त कुमार यादवलाई चयन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…