जनकपुर जेसिसले युवाहरुलाई वी लीड को तालिम दिदैँ
सो क्रममा क्रममा जेसी इन्जिनियर प्रकाशचन्द्र साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साह, जनकपुर जेसिसका उपाध्यक्ष जेसी दीपककुमार साह लगायत उपस्थिति जनाए ।

२०८० साउन २० शनिबार, राति ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर जेसिसले युवाहरूका लागि ‘वी लिड’ तालिम दिइएको छ ।
जनकपुर जेसिसकै आयोजनामा शनिबार (आज) विधिवत रुपमा एक दिने तालिम सँचालन गरी नेतृत्व विकास सम्बन्धी प्राक्टीकल ज्ञान बाँडिएको जनाइएको छ । तालिममा जनकपुर जेसिसका सदस्यहरू तथा युवाहरू सहभागीता जनाए ।
सहभागीहरूलाई नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्षसमेत रहेकी जेसी रजनी थापाले तालिम दिरहेको जनाइएको छ। यस किसिमको तालिमले युवाहरूको नेतृत्व विकास गर्ने क्षमता अभिवृद्धिमा सहयोग पुग्ने जनकपुर जेसिसका अध्यक्ष जेसी अभिषेक चौधरीले बताए ।
सो क्रममा क्रममा जेसी इन्जिनियर प्रकाशचन्द्र साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साह, जनकपुर जेसिसका उपाध्यक्ष जेसी दीपककुमार साह लगायत उपस्थिति जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…