माओवादी शहिदनगरको पुर्नगठन अभियान
अभियानको क्रममा अरबिन्द चौधरी , श्यामदेव मुखिया , सुरेश पासवान , हजारी मण्डल , रामकुमार मण्डल , चन्दर दास , जुगेशर दास , पुजन दास लगायतका व्यक्तिहरु माओवादीमा प्रवेश गरेको माओवादीका मधेश प्रदेश कमिटि सदस्य एवम् शहिदनगरका पूर्व मेयर उदय कुमार बरबरिया (यादव) ले जानकारी दिए ।

२०८० साउन २० शनिबार, राति ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) धनुषा शहिदनगरमा पुर्नगठन अभियान सम्पन्न भएको छ ।
शनिबार शहिदनगर नगरपालिका वडा नं. ४ स्थित आयोजना गरिएको अभियान अन्तर्गत पार्टीलाई बलियो बनाउन वस्ती वस्ती अभियान सुरु गरिएको हो । शनिबार दर्जन बढी व्यक्तिहरुलाई माओवादीमा ल्याईएको छ ।
माओवादी शहिदनगरका वडा कमिटी अध्यक्ष भरत यादवको अध्यक्षतामा भएको पार्टी पुर्नगठन अभियानमा ललित महासेठको नेतृत्वमा दर्जनबढी व्यक्तिहरु माओवादी छानेको हो । केन्द्रमा प्रचण्ड सरकारको पक्कड र वर्तमान कार्यले प्रभावित भएर अन्य पार्टीबाट व्यक्तिहरु माओवादीमा धमाधम पस्न थालेको हो ।
अभियानको क्रममा अरबिन्द चौधरी , श्यामदेव मुखिया , सुरेश पासवान , हजारी मण्डल , रामकुमार मण्डल , चन्दर दास , जुगेशर दास , पुजन दास लगायतका व्यक्तिहरु माओवादीमा प्रवेश गरेको माओवादीका मधेश प्रदेश कमिटि सदस्य एवम् शहिदनगरका पूर्व मेयर उदय कुमार बरबरिया (यादव) ले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…