मानव तस्करी विरुद्ध सीमामा जनचेतना
न्यूज ब्यूरो, जनकपुरधाम । मानव बेचविखन विरुद्ध दिवसमा मानव तस्करी विरुद्ध सीमानाकामा जनचेतना फैलाईएको छ । जनकपुरधामस्थित रहेको शान्ती पुर्नस्थापना गृहको आयोजनामा धनुषाको जटही नाकामा मानव तस्करी विरुद्ध जनचेतना फैलाईएको हो । आईतबार एक कार्यक्रम गरी सीमा क्षेत्रमा चेतना फैलाईएको हो । “रीच एभरी भिक्टीम

२०८० साउन १५ सोमबार, राति ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मानव बेचविखन विरुद्ध दिवसमा मानव तस्करी विरुद्ध सीमानाकामा जनचेतना फैलाईएको छ ।
जनकपुरधामस्थित रहेको शान्ती पुर्नस्थापना गृहको आयोजनामा धनुषाको जटही नाकामा मानव तस्करी विरुद्ध जनचेतना फैलाईएको हो । आईतबार एक कार्यक्रम गरी सीमा क्षेत्रमा चेतना फैलाईएको हो ।
“रीच एभरी भिक्टीम अफ ट्राफिकिँग, लिभ नो अन बिहाइन्ड” मूलनाराको साथ जटही नाकामा चेतनामूलक कार्यक्रम गरी चेतना फैलाईएको हो । स्थानीय सर्वसाधारण सहित सो नाकामा आवतजावत गर्ने सर्वसाधारणलाई समेत रोकेर चेतना दिएको हो ।
सीमा सुरक्षा बल जटही, ईलाका प्रहरी कार्यालय जटही, सशस्त्र प्रहरी बल गुल्म जटहीको प्रत्यक्ष रोहबरमा कार्यक्रम गरिएको शान्ती पुर्नस्थापना केन्द्र धनुषाका निशिथ कर्णले जानकारी दिए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…